काठमाडौं - झलनाथ खनाल देशकै प्रधानमन्त्री भइसकेका नेता हुन् ।
एकीकृत समाजवादी पार्टीका सम्मानित नेता तथा एमालेका पूर्वअध्यक्ष खनाल पनि स्टन्टबाजीमा लागेका छन् ।
खनालको उपस्थितिमा एकीकृत समाजवादीको महानगर कमिटीले काठमाडौँमा पानीको हाहाकार भएको भन्दै समस्या समाधानका लागि काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को ध्यानाकर्षण गराएको छ।
ज्ञापनपत्रमा पचासौँ अर्ब खर्च गरेको मेलम्ची आयोजना सुरु भएको तीन दशक पुगे पनि नियमित पानी दिन नसकेको भन्दै आलोचना गरिएको छ।
महानगरका ३२ वटै वडाको घरका धाराहरूमा नियमित एक घन्टा पानी पठाउने व्यवस्था तत्काल गर्न पनि उनीहरूले माग गरेका छन् ।
खनाल स्वयं पानीको समस्या समाधान गरिदिन कार्यालय आएपछि केयूकेएलका कर्मचारी आश्चर्यमा परेका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।