मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

मन्त्री ज्वालाको इगोले बालकुमारी काण्ड, डाइभर्ट गरिँदै इस्यु

मन्त्री ज्वालाको इगोले बालकुमारी काण्ड, डाइभर्ट गरिँदै इस्यु

  • मिडिया डबली
  • सोमवार, पौष १६ २०८०

  • 1.7K
    SHARES

  • मन्त्री ज्वालाको इगोले बालकुमारी काण्ड, डाइभर्ट गरिँदै इस्यु

    काठमाडौं - ललितपुरको बालकुमारीमा दुई युवकको मृत्युको विषयलाई लिएर अनेकथरी अनुमान गर्ने क्रम जारी छ ।

    पहिले नै गोलीकाण्डबाट एक युवकको मृत्यु भएपछि भौतिक, पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी भएको प्रत्यक्षदर्शीले बताइरहेका छन् ।

    तर प्रहरीले यो इस्युलाई डाइभर्ट गर्न खोजेको छ । सुरक्षामा प्रहरी चुक भएको देखिदादेखिँदै पनि अहिले मन्त्रीको गाडीमा आगजनी र उनको ज्यानमा तलवितल पर्ने अवस्था देखिएको भन्दै प्रहरीले बल प्रयोग गरेको सरकारलाई रिपोर्टिङ गरिएको छ ।

    प्रहरी महानिरीक्षक (आईजीपी) वसन्तबहादुर कुँवरले शुक्रबार ईपीएस कोरिया शाखाको कार्यालय आसपासमा भएको प्रदर्शनमा भएको घटनाबारे सोमबार राज्यव्यवस्था तथा सुशासन समितिमा जानकारी गराउँदै उनले माथिल्लो निकायसँग समन्वय नै नगरिकन गोली प्रहार भएको र बल प्रयोग भएको जानकारी गराएका हुन्।

    प्रदर्शनको क्रममा प्रहरीको गोली लागेर चौरपाटी– १ सिउडी अछामका वीरेन्द्र शाह र दैलेखका सुजन राउतको मृत्यु भएको थियो। माथिल्लो निकायसँग समन्वय नगर्दा समस्या देखिएकाले फिल्ड कमान्डरलाई निलम्बन गरिएको उनले बताए।

    ‘बल प्रयोग नगर्नू भन्ने निर्देशन दिएको अवस्था थियो। कम्युनिकेसनमा विधि, व्यवहार एउटा होला। त्यो छानबिनको क्रममा आउँला तर, माननीय मन्त्रीज्यू, गाडीभित्रै भएको अवस्था आँकलन भयो, कम्युनिकेसन भयो र बल प्रयोग नगर्दा अवस्था जटिल हुन्छ भनेर बल प्रयोग हो। मन्त्रीज्यू भन्नेबित्तिकै प्रहरीले धैर्यता गुमाएको र आवेशको अवस्था जस्तो देखिन्छ,’ उनले भने ।

    कुँवरले आन्दोलन चलिरहेको समयमा मन्त्रीको गाडी सोही रुट भएर गएपछि प्रदर्शनकारीहरू थप अग्र बनेको उल्लेख गरे।

    सुरक्षाकर्मीले ठिक गर्‍यो वा गरेन छानबिन गरेपछि जानकारी हुने भएकाले अहिले निलम्बन गरिएको बताए।

    तर इपिएस कार्यालयमा पहिले प्रदर्शन हुँदा नै प्रहरीले गोली चलाएको र वीरेन्द्र शाहको मृत्यु भएको बताइन्छ ।

    राउतको भने प्रहरीकै दमनबाट मृत्यु भएको बुझिएको छ । उनको छातीमा नीलडाम देखिन्छ ।

    मन्त्री ज्वालाले पदको फुर्ती लगाउँदै त्यो बाटो नहिँडेको भए थप क्षति भने नहुने स्पष्ट छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    सोमवार, पौष १६ २०८००२:४९:५०

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend