मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

युक्रेन र इजरायलमा मात्र होइन, आफ्नै देशमा गोली हानेर मारिन्छन् युवा

युक्रेन र इजरायलमा मात्र होइन, आफ्नै देशमा गोली हानेर मारिन्छन् युवा

  • मिडिया डबली
  • आइतवार, पौष १५ २०८०

  • 1.3K
    SHARES

  • युक्रेन र इजरायलमा मात्र होइन, आफ्नै देशमा गोली हानेर मारिन्छन् युवा

    काठमाडौं - कोरियन भाषा परीक्षा विवादमा दैलेख र अछामका दुई युवाले ललितपुरको बालकुमारीमा प्राणको आहुति दिए ।

    दैलेखका सुजन रावत र अछामका वीरेन्द्र शाह प्रहरीको दमनका कारण मर्न विवश भए ।

    इपिएसमार्फत दक्षिण कोरिया जान खोजेका रावत र शाहले देशकै संघीय राजधानीमा मर्न विवश हुनुले धेरै विषयमा राज्य चुकेको विश्लेषण हुन थालेको छ ।

    देशमा रोजगारीको अवसर नहुँदा विदेश जान नेपाली युवा विवश छन् । त्यही रोजगारीका लागि विभिन्न बाटो हुँदै नेपाली युवा खाडी मुलुकदेखि युद्ध्रग्रस्त युक्रेन, रुस, इजरायललगायतका देशमा पुगेका छन् ।

    पछिल्लो समय रुस, युक्रेन, इजरायल पुगेका नेपाली युवा बन्दुकको गोली र बम प्रहारबाट मारिएको खबर आइरहेका छन् ।

    केही समयअघि प्यालेस्टाइनी विद्रोही समूह हमासले एकैपटक १० नेपाली युवाको हत्या गरे ।

    लर्न एन्ड अर्न प्रणालीअन्तर्गत कृषि अध्ययन गर्न इजरायल पुगेका विद्यार्थीमध्ये १० जना मारिँदा देशले ठूलो क्षति बेहोर्नुपरेको बताइएको थियो ।

    त्यसयता पनि नेपाली युवा मारिने क्रम र बेपत्ता पारिने क्रम जारी छ । युक्रेनसँगको लडाइँमा रुसी सेनामा भर्ना भएका एक सयभन्दा बढी नेपाली युवामध्ये पाँच–सातजनाले ज्यान गुमाइसकेका छन् । कतिपय युक्रेन सैनिकले बन्दी बनाएको छ ।

    विभिन्न बाटो हुँदै रुस र युक्रेन पुगेका नेपालीलाई उद्धार गरेर आफ्नै देशमा फर्काएर रोजगारी दिनुपर्ने अवस्थामा रहेको राज्यले आफैंले दुई निर्दोष युवाको ज्यान लिएपछि अहिले देशमा किन बस्ने भन्ने आवाज उठेको छ ।

    अहिलेको यो अवस्था ल्याउनमा ठूला दल र तिनका नेता बढी जिम्मेवार छन् ।

    देशमै योग्यताअनुसार उचित रोजगारीको अवसर भएको भए कोही पनि नेपाली युवायुवती ज्यान जोखिममा राखेर लाखौं खर्च गरी विदेशी भूमिमा जान पर्दैनथ्यो ।

    तर सरकार र दलको अकर्मण्यताका कारण अहिले सुजन र वीरेन्द्र जस्ता धेरै युवा देशले गुमाउँदै जाने परिस्थिति निर्माण भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष १५ २०८००३:१०:०६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend