मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

ललितपुरमा प्रहरीको गोली लागेर दैलेखका राउत र डोटीका शाहको मृत्यु

ललितपुरमा प्रहरीको गोली लागेर दैलेखका राउत र डोटीका शाहको मृत्यु

  • मिडिया डबली
  • शुक्रवार, पौष १३ २०८०

  • 3.4K
    SHARES

  • ललितपुरमा प्रहरीको गोली लागेर दैलेखका राउत र डोटीका शाहको मृत्यु

    काठमाडौ- कोरियाली भाषा परीक्षामा सहभागी नगराएको भन्दै ललितपुरको बालकुमारीमा रहेको रोजगार अनुमति प्रणाली (ईपीएस) कार्यालयअगाडि गरिएको प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर घाइते भएका दुई युवाको मृत्यु भएको छ ।

    भौतिक, पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको बा२झ ५८६१ नम्बरको गाडीमा आगजनी प्रकरणमा दैलेखका २३ वर्षीय सुजन राउत र डोटीका २२ वर्षी वीरेन्द्र शाहको मृत्यु भएको हो ।

    राउतको किस्ट अस्पताल र बायाँ खुट्टाको घुँडामा गोली लागेका शाहको पाटन अस्पतालमा मृत्यु भएको हो ।

    ईपीएसका लागि आवेदन फाराम भर्न नपाएको भन्दै केही युवाको समूहले मन्त्री ज्वालाको गाडीमा आगजनी गरेका थिए ।

    मन्त्रीको गाडीमा आगजनी गर्ने १८ जनालाई पक्राउ गरेको छ ।

    जहाज निर्माणसम्बन्धी कामका लागि परीक्षा दिएका तर त्यसमा उत्तीर्ण नभएकाहरूले आफूहरूलाई उत्पादनमूलक कोटामा पनि फाराम भर्न दिइनुपर्ने माग गर्दै प्रदर्शन गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, पौष १३ २०८००३:३९:१६

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend