काठमाडौं -विदेश जान पाउनुपर्ने माग गर्दै युवाहरूले ललितपुरको बालकुमारीमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा आगजनी गरेका छन् ।
रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षाको विषयलाई दिएर युवाहरूले शुक्रबार बिहान बालकुमारीमा प्रदर्शन गरेका थिए ।
त्यसक्रममा उनीहरुले मन्त्री ज्वालाको बा२झ ५८६१ नम्बरको गाडीमा आगजनी गरेका हुन् । एकीकृत समाजवादीका उपमहासचिवसमेत रहेका ज्वाला मन्त्रीक्वाटरबाट पार्टीको केन्द्रीय समिति बैठक जान हिँडेका थिए ।
बालकुमारी क्षेत्रमा प्रदर्शनकारीले रोके उनीहरु गाडीबाट बाहिर निस्किएका थिए । मन्त्री र पीएसओ गाडीबाट निस्किएपछि प्रदर्शनकारीहरुले आगजनी गरेका थिए ।
मन्त्री चढेको गाडीमा आगजनी गरेपछि प्रहरीसँग ढुंगामुढा भएको थियो । प्रहरीले दर्जनौं सेल अश्रुग्याँस प्रहार गरेको थियो ।
बालकुमारीमै एउटा चक्रपथ गुड्ने सार्वजनिक यातायातको सिसा फोडिएको छ ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।