मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

सिन्धुलीकाे ढकाल गाउँमा महिलामाथि यस्ताे हिंसा, श्रीमानसहित समातिए सातजना

सिन्धुलीकाे ढकाल गाउँमा महिलामाथि यस्ताे हिंसा, श्रीमानसहित समातिए सातजना

  • मिडिया डबली
  • मंगलवार, पौष १० २०८०

  • 3.9K
    SHARES

  • सिन्धुलीकाे ढकाल गाउँमा महिलामाथि यस्ताे हिंसा, श्रीमानसहित समातिए सातजना

    काठमाडौं - सिन्धुलीको कमलामाई नगरपालिका–४, मा स्थानीय शारदा थापालाई पोलमा बाँधेर निर्घात कुटपिट गरिएको छ ।

    थापामाथि अमानवीय व्यवहार भएको सूचना पाएपछि आइतबार प्रहरी प्रमुख एसपी राजकुमार सिलवाल नेतृत्वको टोली गाउँमा पुगेको थियो ।

    प्रहरी टोली घटनास्थलमा पुग्दा पनि ढकाल गाउँस्थित घर अगाडिको बिजुली पोलमा शारदालाई बाँधिएको थियो ।

    गाउँका स्थानीयहरू पनि भेला भएर बसिरहेका थिए । प्रहरी पुगेपछि स्थानीय भागाभाग भएका थिए ।

    आइतबार अपराह्न साढे ४ बजे घटनास्थलमा पुगेर प्रहरीले शारदाको उद्धार गरेको हो ।

    उद्धार गरेपछि प्रहरीले उनलाई सेफ हाउसमा राखेको छ । घटनापछि प्रहरीले शारदाका श्रीमान सन्तोष थापासहित सातजनालाई पक्राउ गरेको छ ।

    उनीहरूलाई प्रहरीले मंगलबार म्याद थप गर्ने तयारी गरिरहेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    मंगलवार, पौष १० २०८००३:२९:२४
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend