मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images
राजनीतिक बिशेष

बोल्ड डिसिजन गर्छु भनेका प्रचण्ड मन्त्री हेरफेर गर्न यसकारण डराए

बोल्ड डिसिजन गर्छु भनेका प्रचण्ड मन्त्री हेरफेर गर्न यसकारण डराए

  • मिडिया डबली
  • सोमवार, पौष ९ २०८०

  • 3.3K
    SHARES

  • बोल्ड डिसिजन गर्छु भनेका प्रचण्ड मन्त्री हेरफेर गर्न यसकारण डराए

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विराटनगर पुगेर सरकार गठन भएको वर्ष दिन पुगेपछि बोलड डिसिजन गर्ने घोषणा गरेका थिए ।

    उनले मन्त्रीहरूलाई हटाएर भए पनि सरकारले गियर बढाउने बताएका थिए । देखिने गरी काम नगरेको भन्दै मन्त्री हेरफेरको गृहकार्य गरिरहेका प्रचण्ड उनीहरूलाई एक महिनाको मौका दिएका छन्। समयसीमाभित्र काम गर्न सके कायम राख्ने र नसक्नेलाई बिदा गर्ने उनको योजना छ।

    अहिले प्रचण्ड मन्त्रीहरूको छुट्टाछुट्टै प्रगति विवरण सुनिरहेका छन्। मन्त्रीहरूलाई ३० दिनको समयसीमा नै दिएर काम देखाउन अल्टिमेटम दिएका छन् । राम्रो कार्यप्रगति देखाउन नसक्ने मन्त्री फेर्ने निष्कर्षमा पुगिसकेका छन् ।

    आइतबार उनले खानेपानी र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको प्रस्तुति सुनेका छन्। उनले किराँतीलाई विगतमा जस्तो विमान खरिद गर्दा भ्रष्टाचार नगर्न निर्देशन दिएका छन् ।

    किरातीले मन्त्रालयमा गरेका कामको विवरण प्रधानमन्त्री प्रचण्डलाई बुझाएका थिए । ग्राउण्ड ह्याण्डलिङ वायु सेवा निगमबाट खोस्नु भनेको निगमलाई आर्थिक रूपमा कमजोर बनाउनु हो,’ प्रचण्डले मन्त्री किराँतीलाई भने, ‘त्यो निर्णय तत्काल रोक्नूस् ।’

    आइतबार नै उनले खानेपानी मन्त्री महीन्द्र राय यादवको पनि प्रगति विवरण बुझेका छन् । प्रचण्डले यादवलाई सोधेका थिए, ‘धारामा पानी नआउने तर बिल आइरहने समस्या के हो ? यसबाट उपभोक्ताहरू दिक्दार छन्। त्यसैले कहाँ–कहाँ त्यस्तो समस्या छ, जहाँको धारामा पानी आउँदैन, त्यो बिल मिनाहा गर्ने व्यवस्था मिलाउनूस् र आगामी दिनमा त्यस्तो समस्या आउन नदिन योजनाबद्धरूपमा काम गर्नूस्।’ सत्ता गठबन्धनबाट प्रधानमन्त्री बनेकाले प्रचण्ड एक्लैले मन्त्री हटाउने निर्णय नगर्ने भएका हुन् ।

    त्यसैले बहादुरीपूर्वक आफैंले घोषणा गरेको अभिव्यक्तिबाट पछि हटेका छन्। एक महिना समय दिँदा राष्ट्रिय सभाको निर्वाचन पनि सकिन्छ ।

    त्यसपछि मात्रै उनीले मन्त्रिपरिषद् पुनर्गठन गर्ने मनस्थिति बनाएका छन् । सत्ताको प्रमुख घटक नेपाली कांग्रेसले कम्तीमा राष्ट्रिय सभाको चुनावसम्म कुर्न भनेकाले प्रचण्ड रोकिएका हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend