मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

रोज राणा चलचित्र छाडेलगत्तै मन्त्री, धुम्बाराहीको आशीर्वाद

रोज राणा चलचित्र छाडेलगत्तै मन्त्री, धुम्बाराहीको आशीर्वाद

  • मिडिया डबली
  • आइतवार, पौष ८ २०८०

  • 4.7K
    SHARES

  • रोज राणा चलचित्र छाडेलगत्तै मन्त्री, धुम्बाराहीको आशीर्वाद

    काठमाडौं - निर्माता रोज राणा उर्फ सरोज थापा मन्त्री नियुक्त भएका छन् ।

    लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले मन्त्रिपरिषद् विस्तार गर्दै शनिबार राणालाई उद्योग, पर्यटन तथा यातायात व्यवस्था मन्त्रालयको जिम्मेवारी तोकिएको छ ।

    राणासँगै माओवादीबाट कृष्णा केसी मन्त्री नियुक्त भएकी छन् ।

    मुख्यमन्त्री चौधरीले कांग्रेस र माओवादीबाट थप एक–एकजनालाई मन्त्री बनाएका हुन् ।

    गत जेठमा सात सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका चौधरीले दुई मन्त्री थपेपछि अब मन्त्रिपरिषद् नौ सदस्यीय बनेको छ ।

    माओवादीले दुई मन्त्री पाउनुपर्ने हठ नछाडेपछि मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन ।

    रोज राणा नेपाली चलचित्रका निर्माता हुन् । उनी निर्माता संघका महासचिव थिए ।

    चलचित्र, रेस्टुरेन्ट व्यवसाय हुँदै उनी कांग्रेसको राजनीतिमा होमिएका थिए ।

    पहिलोपटक सांसद बनेका उनी मन्त्रीसमेत भएका छन् । कांग्रेस सभापति शेरबहादुर देउवाकी श्रीमती आरजु राणा देउवाको आशीर्वादमा राणा मन्त्री बन्न सफल भएका हुन् ।

    रोज आरजु देउवाका किचन क्याबिनेटका सदस्य मानिन्छन् ।

    प्युठानमा एमालेका प्रभावशाली नेता हरिप्रसाद रिजाललाई परजित गरेपछि रोज राणा चर्चामा आएका थिए ।

    प्रदेश सांसद बनेदेखि नै राणा मन्त्रीको दौडमा सामेल थिए । सा महिनापछि राणाले प्रभावशाली मन्त्रालय पाएका छन् ।

    चलचित्र क्षेत्रबाट पहिलोपटक राणा मन्त्री बन्न सफल भएपछि सबै कलाकार खुसी भएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष ८ २०८०१२:००:४५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend