मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन इलाममा कांग्रेस सिध्याउने प्रपञ्च

सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन इलाममा कांग्रेस सिध्याउने प्रपञ्च

  • मिडिया डबली
  • आइतवार, पौष ८ २०८०

  • 5.9K
    SHARES

  • सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन इलाममा कांग्रेस सिध्याउने प्रपञ्च

    काठमाडौं - आगामी माघ ११ गते हुने राष्ट्रिय सभा निर्वाचनमा सत्तारुढ गठबन्धनका दलहरुले तालमेल गरेर जाने निर्णय गरिसकेका छन् ।

    नेपाली कांग्रेस, माओवादी, जसपा र एकीकृत समाजवादीबीच गठबन्धन हुँदा निर्वाचन हुने १९ वटै सिट जित्ने अवस्था छ ।

    त्यसैले गठबन्धनका दलहरूबीच राष्ट्रिय सभा र प्रतिनिधिसभाको उपनिर्वाचनमा सिट साटफेरको तयारीमा लागेका छन् ।

    जसले सबैभन्दा ठूलो क्षति नेपाली कांग्रेसले बेहोर्नुपर्ने देखिएको छ । इलाम २ मा प्रतिनिधिसभा सदस्यमा विजयी एमालेका सुवासचन्द्र नेम्वाङको असामयिक निधनका कारण त्यहाँ सिट रिक्त छ ।

    ६ महिनाभित्र निर्वाचन आयोगले उपनिर्वाचन गराउने छ । आगामी फागुन या चैतमा त्यहाँ उपनिर्वाचन हुँदैछ । तर इलाम २ मा कांग्रेसलाई जित्न नदिने गरी माथिमाथि सहमति भइसकेको खुलेको छ ।

    उपनिर्वाचनमा यसपटक कांग्रेसले जित्ने सम्भावना धेरै छ । किनभने प्रतिष्ठाका कारण नेम्वाङलाई धाँधली गरेर जिताइएको थियो ।

    तर अहिले कांग्रेस नेता कृष्णप्रसाद सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउन इलाम २ मा एकीकृत समाजवादीका नेता झलनाथ खनाललाई कांग्रेसले छाड्ने आन्तरिक सहमति भएको छ ।

    यदि त्यसो भएमा झलनाथलाई कांग्रेसका भोटरले मत नदिने बताइएको छ ।

    सिटौलालाई राष्ट्रिय सभा अध्यक्ष बनाउने प्रयोजनकै निम्ति राष्ट्रिय सभा सदस्यका लागि उम्मेदवार सिफारिस भएका छन् ।

    कांग्रेस जिल्ला कार्यसमिति झापाले शनिबार उनको नाम सर्वसम्मत सिफारिस गरेको हो । उनी गत आमनिर्वाचनमा झापा–३ बाट प्रतिनिधिसभा सदस्यमा पराजित भएका थिए।

    सिटौलाको उम्मेदवारी सिफारिस राष्ट्रिय सभा अध्यक्षको निम्ति भएको अन्य दलहरुले पनि प्रष्ट बुझेका छन् ।

    संवैधानिक परिषद्मा प्रतिनिधित्व गर्ने पदहरुमा आफ्ना कोही पनि नरहेको कांग्रेसको दाबी रहँदै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष ८ २०८०११:०६:००

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend