मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

प्रचण्डले भनेको धक्का के हो, मन्त्री कि समीकरण फेर्ने ?

प्रचण्डले भनेको धक्का के हो, मन्त्री कि समीकरण फेर्ने ?

  • मिडिया डबली
  • शुक्रवार, पौष ६ २०८०

  • 2.7K
    SHARES

  • प्रचण्डले भनेको धक्का के हो, मन्त्री कि समीकरण फेर्ने ?

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि एकपटक आफूले धक्का दिन लागेको बताएका छन् ।

    शुक्रबार मोरङको मिक्लाजुङ गाउँपालिका–५ मा माओवादीले आयोजना गरेको आमसभामा उनले चाँडै आफूले एउटा धक्का दिन लागेको र त्यसमा जनताको समर्थन पाउने दाबी गरे ।

    आफ्नो कार्यकाल एक वर्ष पुगेको अवसरमा पुस १० गते देशवासीका नाममा विशेष सम्बोधन गर्ने र त्यसपछि नयाँ प्रक्रियाबाट जनताका काम गर्ने प्रतिबद्धता व्यक्त गरे ।

    ‘प्रतिबद्धताअनुसार काम नभए मन्त्री फेरेर भए पनि कामलाई गति दिन्छु,’ उनले भने ।

    उनले दोस्रो कार्यकालको सुरुवातमा केही नयाँ घोषणा गर्ने पनि बताए । तर मन्त्री फेर्ने विषय सामान्य भए पनि प्रचण्डले यसलाई धक्का भनेको पक्कै नहुने विश्लेषण गर्न थालिएको छ ।

    प्रचण्ड केही समयदेखि मन्त्रिपरिषद् पुनर्गठनको तयारीमा छन् ।

    तर कतै अर्को समीकरण बनाउन लागेका त होइनन् भन्ने आशंका पनि उब्जिएको छ ।

    प्रचण्ड रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा ल्याउन चाहन्छन् ।

    तर त्यसका लागि रविले गृह मन्त्रालयमा दाबी गरेका छन् । गृह मन्त्रालय अहिले माओवादीको भागमा छ ।

    माओवादीले गृह मन्त्रालय रास्वपालाई दिएर कुनै अर्को आकर्षक मन्त्रालय लिने र मन्त्रिपरिषद् पुनर्गठन गर्न प्रधानमन्त्री प्रचण्ड लागेका हुन् कि भन्ने धेरैको अनुमान छ ।

    प्रचण्ड र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच अर्थ र गृह मन्त्रालयको नेतृत्व फेरबदलका विषयमा अहिलेसम्म कुरा मिलिसकेको छैन ।

    प्रचण्ड नारायणकाजी श्रेष्ठलाई गृहमन्त्रीबाट हटाउन चाहिरहेका छैनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend