मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

प्रचण्डले फेरि चलाए पशुपति, यसपटक पनि संकटमा

प्रचण्डले फेरि चलाए पशुपति, यसपटक पनि संकटमा

  • मिडिया डबली
  • शुक्रवार, पौष ६ २०८०

  • 5.9K
    SHARES

  • प्रचण्डले फेरि चलाए पशुपति, यसपटक पनि संकटमा

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले फेरि पशुपतिनाथलाई चलाएका छन् ।

    संविधानसभाको पहिलो निर्वाचनपछि प्रधानमन्त्री बनेका प्रचण्डले पशुपतिका मूल भट्ट र पुजारी हटाएर आफ्ना मान्छे नियुक्त गरेका थिए । जसको व्यापक विरोध भयो ।

    प्रचण्डको पहिलो कार्यकाल नौ महिनामै टुंगिएको थियो । प्रचण्डले तेस्रो कार्यकालमा पनि पशुपति चलाएका छन् ।

    क्रिस्चियन धर्म मान्ने सुदन किराँतीलाई संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बनाएका प्रचण्डले अहिले उनकै कारण सर्वत्र आलोचना बेहोरिरहेका छन् ।

    मन्त्री भएदेखि नै किराँती चिप स्टन्टबाजमा व्यस्त देखिएका छन् ।

    उनले तीनवटै प्रज्ञा प्रतिष्ठानमा माओवादीका हार्डकोर कार्यकर्ता भर्ती गरेका थिए ।

    जसकारण प्रज्ञा प्रतिष्ठानको बेहाल भएको छ । बौद्धिक क्षेत्रमा पार्टीका तल्लोस्तरका कार्यकर्ता भर्ती गरेकाले नेपाल प्रज्ञा प्रतिष्ठान, ललितकला र संगीत नाट्य प्रतिष्ठानमा एउटा पनि अनुसन्धानात्मक काम हुन सकेको छैन ।

    प्रचण्डले अति विश्वास गरेका किराँती पशुपतिमा क्रिस्चियन मेसिनरीको प्रवेश गराउन चाहन्थे ।

    त्यसको उपयुक्त पर्खाइमा थिए । त्यसैले अहिले उनले धर्म र संस्कृतिमा शून्य ज्ञान भएका व्यक्तिलाई नियुक्ति दिइरहेका छन् ।

    किराँतीले हालै पत्रकारिता पेसामा लागेकी गैरहिन्दु लक्ष्मी पुनलाई पशुपति क्षेत्र विकास बोर्डको कार्यकारी निर्देशक नियुक्त गरेका छन् । जसको अहिले व्यापक विरोध भइरहेको छ ।

    पशुपति हिन्दु धर्मावलम्बीको सर्वोच्च पीठ हो । त्यस्तो ठाउँमा उनले क्रिस्चियन धर्म अंगाल्ने पुनलाई नियुक्ति दिलाएर सम्पूर्ण सनातन धर्मावलम्बीको मानमार्दन गरेका छन् ।

    पशुपतिमा गैरहिन्दुलाई नियुक्ति गरेलगत्तै किराँतीले क्रिस्चियन धर्म नमान्नेृ देशद्रोही हुन्, सबैलाई जेल हाल्नुपर्छ भनेका छन् ।

    जसलाई लिएर अहिले देशव्यापी आन्दोलन चर्किएको छ ।

    उनलाई संस्कृतिमन्त्रीबाट बर्खास्त गर्नुपर्ने आवाज उठेको छ ।

    किराँतीलाई पदबाट नहटाएसम्म आन्दोलन रोकिनेवाला देखिएको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend