मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

के राष्ट्रपति पौडेल अस्वस्थ छन्, यो तस्बिरले के बताउँछ ?

के राष्ट्रपति पौडेल अस्वस्थ छन्, यो तस्बिरले के बताउँछ ?

  • मिडिया डबली
  • बिहिवार, पौष ५ २०८०

  • 2.3K
    SHARES

  • के राष्ट्रपति पौडेल अस्वस्थ छन्, यो तस्बिरले के बताउँछ ?

    काठमाडौं - नवनियुक्त सर्वोच्च अदालतका ६ न्यायाधीशले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

    शीतल निवासमा आयोजित विशेष समारोहमा प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सर्वोच्च अदालतका न्यायाधीशको शपथ गराएका थिए ।

    शपथ दिने र लिने उठेका छन् । तर राष्ट्रपति रामचन्द्र पौडेल भने सोफामा बसेका छन् ।

    तस्बिर हेर्दा राष्ट्रपति पौडेल निकै शिथिल भएको बुझ्न सकिन्छ । उनी थाकेको र मलिन अनुहारमा छन् ।

    सदाझैं राष्ट्रपति उपस्थित शपथ समारोहमा राष्ट्रपति उठ्ने गरेको पाइन्छ ।

    तर यसपटक भने राष्ट्रपति पौडेल नउठी सोफामा बसेकाले उनको स्वास्थ्य अवस्था गम्भीर हो कि भन्ने सबैले अनुमान गरेका छन् ।

    शपथ समारोहमा राष्ट्रपति उठ्नुपर्ने वा नपर्ने भन्ने कहीँ कतै लेखिएको छैन । यसको कुनै प्रोटोकल पनि छैन ।

    तर राष्ट्रपतिको उमेर, स्वास्थ्य, ओहोदा सबै कोणबाट हेर्दा पौडेलको यो अवस्थाले धेरै शंका उब्जाएको छ । राष्ट्रपति लामो समयदेखि अस्वस्थ छन् ।

    बेलाबेलामा अस्पताल गइरहनुपर्ने हुन्छ । न्याय परिषदले सर्वोच्च अदालतको न्यायाधीशमा सिफारिस गरेका सुनिल पोखरेल, बालकृष्ण ढकाल, महेश शर्मा पौडेल, टेकप्रसाद ढुङ्गाना, सारंगा सुवेदी र अब्दुल अजिज मुसलमानलाई संसदीय सुनुवाइ समितिले अनुमोदन गरेलगत्तै बुधवार राष्ट्रपति पौडेलले नियुक्त गरेका थिए ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, पौष ५ २०८००४:५३:२८

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend