काठमाडौं - नेपाली कांग्रेस मधेस प्रदेश सम्मेलन जनकपुरधाममा सुरु भएको छ ।
पार्टी सभापति शेरबहादुर देउवाले सम्मेलनको उद्घाटन गरेका छन् । जनकपुरधामको तिरहुतियागाछीमा आयोजना भएको सम्मेलनमा सहभागी हुन सभापति देउवाका साथै महामन्त्री गगन थापा, नेताहरु विमलेन्द्र निधिसहित धनुषा पुगेका छन् ।
तर सम्मेलनमा दोस्रो वरीयता नपाएपछि डा.शेखर कोइराला जनकपुरधाम गएनन् ।
कोइराला पार्टीका पदाधिकारी होइनन् । सोही कारण कांग्रेस मधेस प्रदेश समितिका आठ सदस्यले कोइरालालाई दोस्रो वरीयता दिन नहुने भन्दै ‘नोट अफ डिसेन्ट’ लेखेपछि उनी सम्मेलनमा सहभागी नभएका हुन् ।
यसअघि भएको कांग्रेस लुम्बिनी प्रदेश सम्मेलनमा भने शेखर सहभागी भएका थिए । उनलाई त्यहाँ सभापति देउवापछि दोस्रो वरीयता दिइएको थियो ।
तर मधेस प्रदेशमा भने शेखरलाई दोस्रो वरीयता दिन नहुने मत बलियो देखिएपछि इतर समूहका नेता कार्यकर्ता रुष्ट बनेका छन् ।
जनकपुरधामको कार्यक्रम रद्द गरेर शेखर बिहीबार सुनसुरीको दुहवी पुगेका छन् । त्यहाँ पार्टीको कार्यक्रम नभए पनि भेटघाटका लागि शेखर सुनसरी पुगेका हुन् ।
पछिल्लो समय शेखरेले आफूलाई वरिष्ठ नेताको हैसियत माग गर्दै सभापति देउवासँग सम्बन्ध सुमधुर बनाउन खोजेका छन् ।
कहिले संस्थापन इतर समूहको नेतृत्व गर्छु भन्ने कहिले देउवासँग मिलेर १५औं महाधिवेशनमा सभापतिको उम्मेदवार बन्न चाहेपछि शेखर एक्लिँदै गएका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।