मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

घरेलु कामदारको रूपमा कुवेत गएर फर्केकी नेपाली युवतीले विमानमै जन्माइन् बच्चा

घरेलु कामदारको रूपमा कुवेत गएर फर्केकी नेपाली युवतीले विमानमै जन्माइन् बच्चा

  • मिडिया डबली
  • बुधवार, पौष ४ २०८०

  • 24.8K
    SHARES

  • घरेलु कामदारको रूपमा कुवेत गएर फर्केकी नेपाली युवतीले विमानमै जन्माइन् बच्चा

    काठमाडौं - घरेलु कामदारको रुपमा कुवेत गएर फर्केकी नेपाली युवतीले विमानमा बच्चा जन्माएकी छन् ।

    युएईको सारजाहबाट काठमाडौं आइपुगेको विमानको शौचालयमा नवजात शिशु फेला परेपछि यो रहस्य खुलेको हो ।

    कुवेतबाट आएकी २८ वर्षीया धनमाया रानाले शौचालयभित्र उक्त शिशुलाई जन्माएर फालेको आशंका गरिएको छ । प्रहरीले युवती र शिशु दुवैलाई एम्बुलेन्समा राखेर सिनामंगलस्थित केएमसी अस्पताल लगेको थियो ।

    एअर अरेबियाको काठमाडौं अवतरण भएको विमानको शौचालयको कमोडभित्र लुकाई छिपाई भर्खर जन्माएको बच्चा छाडिएको अवस्थामा फेला परेको हो ।

    विमान सफाइ गर्ने कर्मचारीले कमोडभित्र नवजात शिशु देखेपछि एयरलाइन्सका कर्मचारी र प्रहरीले खानतलास गरेका थिए । राना कुवेतमा घरेलु कामदारको रुपमा गएकी थिइन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बुधवार, पौष ४ २०८००३:०७:४५

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend