मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

प्रचण्डले किन दिए मन्त्रीहरूलाई काठमाडौं नछाड्न निर्देशन ?

प्रचण्डले किन दिए मन्त्रीहरूलाई काठमाडौं नछाड्न निर्देशन ?

  • मिडिया डबली
  • मंगलवार, पौष ३ २०८०

  • 4.3K
    SHARES

  • प्रचण्डले किन दिए मन्त्रीहरूलाई काठमाडौं नछाड्न निर्देशन ?

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले आगामी फागुनसम्म सरकारको परफर्मेन्स राम्रो नभए पार्टीले बोल्ड डिसिजन लिने घोषणा गरिसकेका छन् ।

    कांग्रेस स्वयं आफ्नै मन्त्रीहरूसँग सन्तुष्ट हुन सकेको छैन । कांग्रेसका महामन्त्री गगन थापाले प्रचण्ड सरकार पूरै फेल भएको घोषणा गरेका छन् ।

    उनले एक वर्षको सरकारको समीक्षा गर्दै १० नम्बर मात्र दिन्छु भनेपछि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा छटपटी बढेको छ ।

    सत्तारुढ दलकै पदाधिकारीहरू एकपछि अर्को गरी सरकारप्रति आक्रामक भएपछि प्रधानमन्त्री प्रचण्डले पुस १० गतेसम्म सरकारका मन्त्रीहरूलाई उपत्यका नछाड्न आन्तरिक निर्देशन दिएका छन् ।

    सरकार गठन भएको आगामी पुस १० गते एक वर्ष पूरा हुँदैछ । यहीबेला मन्त्रीहरुको पूरै सेट फेर्ने हल्ला चलिरहेको छ । यस्तो बेला प्रधानमन्त्रीले मन्त्रीहरुलाई उपत्यका नछाड्न निर्देशन दिएपछि सनसनी मच्चिएको छ ।

    स्रोतका अनुसार मन्त्रीहरुको कार्यशैली र कार्यसम्पादनको समीक्षा गर्न प्रधानमन्त्रीले खोजेका छन् । जसमा राम्रो गर्नेलाई निरन्तरता दिने र परफर्मेन्स देखाउन नसक्ने मन्त्रीलाई बिदा दिने तयारी भएको छ ।

    त्यसैले अहिले सबै मन्त्रीहरुमा त्रास उत्पन्न भएको छ । खासगरी वन, पर्यटन, शिक्षा, स्वास्थ्य, खानेपानी, महिला तथा बालबालिका, युवा तथा खेलकुद मन्त्रीको परफर्मेन्सलाई लिएर प्रधानमन्त्री बेखुसी देखिएका छन् । त्यही भएर आफ्नो कुर्सी खुस्किने हो कि भन्ने चिन्ता मन्त्रीहरुमा देखिएको छ । कांग्रेसका नताहरू अहिले सरकारको धुँवाधार विरोध गरिरहेका छन् ।

    आफ्नै पार्टी सरकारमा सहभागी छ । तर आधाजसो कांग्रेस नेताहरू आफ्नै पार्टीका मन्त्रीहरूको कार्यशैलीको विरोध र आलोचना गरिरहेका छन् । पार्टी कार्यक्रम होस् वा भेला कांग्रेस नेताहरु प्रधानमन्त्री प्रचण्डको विरोध गरिरहेका छन् ।

    त्यसैले अहिले कांग्रेस सत्तापक्ष हो कि प्रतिपक्ष भन्ने विषयमा जनता अन्योलमा परेका छन् । खासगरी कांग्रेसको इतर समूह सरकारप्रति बढी नै आक्रामक देखिएको छ ।

    इतर समूहबाट पनि सरकारमा तीनजना मन्त्री छन् । तीमध्ये एकजनाको पनि परफर्मेन्स राम्रो देखिएको छैन । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले तयार पारेको मन्त्रीहरूको रिपोर्ट कार्डमा सबै मन्त्री फेल भएका छन् ।

    जुन कुरा गत बिहीबार सिंहदरबारमा बसेको मन्त्री र सचिवहरूको बैठकमा प्रधानमन्त्री प्रचण्डले सार्वजनिक गरेका थिए । प्रधानमन्त्री प्रचण्डले मन्त्रीहरुको रिपोर्ट कार्डप्रति असन्तुष्टि जनाएपछि इतर समूहका शेखर कोइराला, गगन थापा, प्रदीप पौडेललगायत आक्रामक भएर लागेका छन् ।

    सोमबार नुवाकोटमा आयोजित कांग्रेस जिल्ला सम्मेलन उदघाटन समारोहमा त शेखर कोइरालाले मन्त्रीको होइन, प्रधानमन्त्री प्रचण्डकै रिपोर्ट कार्ड माग गरेका छन् । जसकारण अहिले कांग्रेस र माओवादीबीच दरार उत्पन्न हुने खतरा बढेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend