काठमाडौँ - जेम्स ग्रुप सर्भिस एजुकेसन कन्सल्टेन्सीले दोलखाका पाँच विद्यालयका विद्यार्थीलाई सात लाख बराबरको शैक्षिक सामग्री वितरण गरेको छ ।
जेम्स ग्रुपले भीमेश्वर नगरपालिका वडा नम्बर ६ र ७ मा रहेका पाँचवटा विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका लागि झोला, पोसाकलगायत शैक्षिक सामग्रीहरु वितरण गरेको हो।
स्थानीय बाल अधिकारकर्मी एवं सामाजिक अभियन्ता राजन बस्नेतका अनुसार जेम्स ग्रुप काठमाडौँका प्रोप्राइटर कलराज थापा, बिबुध लुइँटेल, सुबोध रेग्मी र लक्ष्मी जोशीले जाडो मौसममा प्रयोग गरिने ट्रयाकसुट, स्वेटर, पञ्जा, मोजा, टोपी, स्टेसनरी, स्कुल ब्याग र खाजा सेटसमेत प्रदान गरेको जानकारी दिए ।
जेम्स ग्रुपले भीमेश्वर नगरपालिका वडा नम्बर– ७ को हरिकीर्तन आधारभूत विद्यालय, कुप्रिडाँडा आधारभूत विद्यालय र वीरेन्द्र आधारभूत विद्यालय तथा वडा नम्बर– ६ को महांकाल आधारभूत विद्यालय र अल्पाइन पब्लिक स्कुलका सम्पूर्ण विद्यार्थीहरुलाई वितरण गरेको हो ।

जेम्स ग्रुपका प्रोप्राइटर एवं नेपाली कांग्रेस दोलखाका पूर्वकोषाध्यक्ष कुलराज थापाले आफू भीमेश्वर नगरपालिका– ७ कुप्रीको स्थानीयसमेत भएकाले ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई अध्ययनमा थोरै भए पनि सहयोग पुगोस् भन्ने उद्देश्यले कन्सल्टेन्सीमार्फत सहयोग गरेको बताए ।
केही समयअघि जेम्स ग्रुपले भीमेश्वर नगरपालिकामा रहेका दुईवटा सामुदायिक विद्यालयलाई १० थान कम्प्युटर उपलब्ध गराएको थियो ।
संस्थाका प्रोप्राइटर कुलराज थापाले भीमेश्वर नगरपालिका– ६ मा रहेको आमाको माया छात्रावासका विद्यार्थी र वडा नम्बर– ५ मा रहेको गौरीशंकर बालगृहका विद्यार्थीहरुका लागि समेत स्कूल ब्याग, शैक्षिक सामग्री र खाजासेट उपलब्ध गराएका थिए ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।