मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

प्रचण्डप्रति माओवादी नेता लेखनाथ न्यौपानेको प्रहार

प्रचण्डप्रति माओवादी नेता लेखनाथ न्यौपानेको प्रहार

  • मिडिया डबली
  • आइतवार, पौष १ २०८०

  • 9.4K
    SHARES

  • प्रचण्डप्रति माओवादी नेता लेखनाथ न्यौपानेको प्रहार

    काठमाडौं - आफ्नी नातिनीको विवाह पार्टी गोकर्ण फरेस्ट रिसोर्टमा गरेर सर्वत्र आलोचना खेप्दै आएका माओवादी अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति पार्टीकै नेताहरुले कटाक्ष गर्न थालेका छन् ।

    पार्टी नेतृत्व र नेताको कार्यशैलीप्रति सधैं खरो रुपमा प्रस्तुत हुँदै आएका लेखनाथ न्यौपानेले यसपटक पनि प्रचण्डको कडा आलोचना गरेका छन् । यतिको आलोचना अहिलेसम्म प्रचण्डलाई गर्ने पार्टीका नेता कोही छैनन् ।

    न्यौपाने माओवादी केन्द्रीय सदस्य र अखिल क्रान्तिकारीका पूर्वअध्यक्षसमेत हुन् । सामाजिक सञ्जालमा न्यौपानेले ‘लुम्बिनी विकास कोषको नियुक्तिबाट सुरु भएको रूपान्तरण अभियान गोकर्ण रिसोर्टमा पुगेर समापन’ भएको भन्दै प्रधानमन्त्री प्रचण्डप्रति कडा टिप्पणी गरेका हुन्।

    उनको टिप्पणी केही समय अगाडि सरकारले विवादास्पद पृष्ठभूमिका ल्हारक्याल लामालाई लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्ति गरेको घटना र शुक्रबार गोकर्ण फरेष्ट रिसोर्टमा भएको प्रचण्डकी नातिनीको बिहेलाई लिएर गरिएको देखिन्छ ।

    जनवादी नेता मानिने प्रचण्डकी नातिनी (भरतपुर महानगरपालिकाकी मेयर रेणु दाहालकी छोरी प्रतिभा पाठक) को गोकर्ण फरेष्ट रिसोर्टमा गरिएको भव्य रुपमा गरिएको विषयलाई लिएर सामाजिक सञ्जालमा आलोचना भइरहँदा न्यौपानेको यो टिप्पणी आएको हो।

    ल्हारक्याल लामाको नियुक्तिलाई लिएर त्यतिबेला पार्टीभित्रबाटै आलोचना भएको थियो। त्यसबेला पनि न्यौपानेले पार्टी नेतृत्व र सरकारको आलोचना गरेका थिए ।

    लामालाई करोडौं रुपैयाँ लिएर नियुक्ति दिइएको माओवादी नेताहरु नै बताउँछन् । माओवादीले लामालाई जहिले पनि प्रश्रय गर्दै आएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend