मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images
राजनीतिक बिशेष

अनसनकारी केसी र ईः नै जनताबाट लखेटिन थाले

अनसनकारी केसी र ईः नै जनताबाट लखेटिन थाले

  • मिडिया डबली
  • आइतवार, पौष १ २०८०

  • 3.0K
    SHARES

  • अनसनकारी केसी र ईः नै जनताबाट लखेटिन थाले

    काठमाडौं - पछिल्लो समय अनसन र सत्याग्रह बसेर चर्चा कमाएका व्यक्तिहरु धमाधम जनताबाट लखेटिन थालेका छन् ।

    एक साताअघि ललितपुर महानगरपालिका अगाडि अनसन बस्न खोजेका अभियन्ता ईःलाई स्थानीयले लखेटेका थिए । ललितपुरका स्थानीय ओइरिएर विरोध गर्न थालेपछि ईः प्रहरीको सुरक्षा घेरामा पुगेर अनसन बसेका थिए । ललितपुर महानगरपालिकाले मंगलबजारदेखि लगनखेलको फुटपाथमा व्यापार व्यवसाय गर्न निषेध गरेपछि त्यसको विरोधमा ईः महानगरपालिका अगाडि अनसन बस्न पुगेका थिए ।

    काठमाडौं महानगरपालिकाको विरोधमा राष्ट्रियसभा गृह अगाडि उभिएर अनसन बसेर चर्चा कमाएका ईः ललितपुरमा भने टिक्नै सकेनन् । स्थानीयले भौतिक आक्रमणसमेतको धम्की दिएपछि उनले पुल्चोक छाडेका थिए ।

    यस्तै, सत्याग्रह बसेर चर्चा कमाएका प्रा.डा.गोविन्द केसीले पनि पछिल्लो पटक स्थानीयको विरोध सहनु परेको छ । संक्रमणकालीन न्याय टुंगोमा पुर्‍याउनुपर्ने र आफूसँग विगतमा भएका स्वास्थ्य सुधारसम्बन्धी सहमति कार्यान्वयनको माग गर्दै धनगढीमा अनशन बसेका डा. केसीविरुद्ध चिकित्सा शिक्षा सरोकार संघर्ष समितिले शनिबार प्रदर्शन गरेको हो ।

    केसीका कारण धेरैले मेडिकल शिक्षा पढ्न नपाएको र बिदेसिनु परेको भन्दै प्रदर्शनमा सहभागीहरूले नाराबाजी गरेका थिए । द्वन्द्वकालीन मुद्दा टुंगोमा पुर्‍याउनुपर्ने र विगतमा आफूसँग गरिएका सहमति कार्यान्यन हुनुपर्ने माग गर्दै केसीले धनगढीमा शनिबारबाट तीनदिने अनशन सुरु गरेका छन् ।

    उनले शुक्रबार बेलुकी गेटा अस्पतालमा अनशन बस्न खोजेका थिए, तर गेटामा मेडिकल विश्वविद्यालय स्थापनाका लागि गठित संघर्ष समितिसँग विवाद भएपछि उनले धनगढीको लक्ष्मीनारायण मन्दिरको धर्मशालामा अनशन सुरु गरेका हुन् ।

    गेटामा मेडिकल विश्वविद्यालय स्थापनाको प्रक्रिया अगाडि बढेका वेला केसीले प्रतिष्ठानको माग गरेर विश्वविद्यालय भाँड्न खोजेको भन्दै स्थानीयले विरोध जनाएका छन् ।

    संघर्ष समितिले शनिबार धनगढीमा पत्रकार सम्मेलन गरेरै केसीका मागप्रति विरोध जनाएको छ । सरकारले गेटामा सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान राष्ट्रिय विश्वविद्यालय स्थापनाको निर्णय गरेर यससम्बन्धी विधेयक राष्ट्रिय सभामा पेस गरिसकेको अवस्थामा केसीले प्रतिष्ठानको माग उठाएर विश्वविद्यालय स्थापना कार्य भाँड्न खोजेको समितिको आरोप छ ।

    गेटामा दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय स्थापनाको निर्णय गरेको सरकारले गत १ कात्तिकदेखि सय शय्याको अस्पताल सञ्चालन गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    आइतवार, पौष १ २०८०११:४२:३७
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend