काठमाडौं - नेपाली कांग्रेसको महासमिति बैठक फागुनका लागि सरेको छ ।
शुक्रबार पार्टी कार्यालय सानेपामा बसेको कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठकले आगामी फागुन ७ देखि १० गतेसम्म महासमिति बैठक गर्ने निर्णय गरेको हो ।
यसअघि मंसिर र पुसमा महासमिति बैठक तोकिएको थियो ।
मंसिरको महासमिति बैठक जाजरकोट भूकम्पका कारण रोकिएको थियो ।
त्यसपछि पुस १६ गतेदेखि हुने मिति तोकिएको थियो । शुक्रबारको बैठकमा राष्ट्रिय सभाको निर्वाचनलाई कारण देखाउँदै सभापति शेरबहादुर देउवाले फागुनका लागि महासमिति बैठकको मिति प्रस्तावित गरेका थिए ।
बैठकले प्रजातन्त्र दिवसको दिनदेखि नीति महाधिवेशन हुने गरी महासमिति बैठकको मिति तोकेको हो ।
देउवाले पुसमा ठण्डी र माघमा राष्ट्रियसभा निर्वाचनलाई कारण देखाएर बैठक सारेका हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।