मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

अदालतले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै खाँणलाई अर्को संकट

अदालतले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै खाँणलाई अर्को संकट

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २९ २०८०

  • 3.6K
    SHARES

  • अदालतले धरौटीमा रिहा गर्न आदेश दिएलगत्तै खाँणलाई अर्को संकट

    काठमाडौं - उच्च अदालत पाटनको आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाँण शुक्रबार जिल्ला अदालत काठमाडौंमा धरौटी बुझाएपछि रिहा हुन्छन् ।

    कारागार प्रशासनमा निवेदन दिएपछि उनलाई रिहा गर्ने प्रक्रिया सुरु गरिनेछ ।

    तर धरौटी बुझाएपछि खाँणलाई सम्पत्ति शुद्धीकरण र अख्तियारमा उपस्थित गराइने केन्द्रीय कारागारले जनाएको छ ।

    कारागार प्रशासनले सम्पत्ति शुद्धीकरण अनुसन्धान विभाग र अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बुझाउने तयारी गरिरहेको छ ।

    भुटानी शरणार्थी मुद्दामा खाँणलाई उपस्थित गराउन सम्पत्ति शुद्धीकरण र अख्तियारले यसअघि नै कारागारमा पत्र पठाएका थिए ।

    उच्च अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा खाँणलाई बिहीबार धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

    उच्च अदालत पाटनका न्यायाधीश जनक पाण्डेले खाँणलाई ३० लाखमा छाड्न आदेश गर्दा अर्का न्यायाधीश प्रकाश खरेल असहमत भएका थिए ।

    न्यायाधीशहरुको राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा उक्त प्रक्रियाको सुनुवाइ भएको थियो ।

    बिहीबार न्यायाधीश कृष्णराम कोइरालाको एकल इजलासले खाणलाई धरौटीमा छाड्न आदेश दिएसँगै उनी रिहा हुन लागेका हुन् ।

    तर सम्पत्ति शुद्धीकरण विभाग र अख्तियारले उनलाई हिरासतमा लिने सम्भावना पनि प्रबल छ ।

    उनी पूर्वगृहमन्त्री भएकाले अख्तियारले कारबाही गर्न सक्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, मंसिर २९ २०८०११:४३:५३

    मिडिया डबली

    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend