मंगलवार, आश्विन २० २०८३Oct 06 2026

Logo
images images

मन्त्री र सचिवलाई निर्देशन दिनेमा प्रचण्डले राखे कीर्तिमान

मन्त्री र सचिवलाई निर्देशन दिनेमा प्रचण्डले राखे कीर्तिमान

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २९ २०८०

  • 1.6K
    SHARES

  • मन्त्री र सचिवलाई निर्देशन दिनेमा प्रचण्डले राखे कीर्तिमान

    काठमाडौं - प्रधानमन्त्री भएदेखि पुष्पकमल दाहाल प्रचण्डले यसपटक राम्रो काम गर्ने, भाषण नगर्ने घोषणा गरेका थिए ।

    तर एक वर्षको अवधिमा उनले भाषणबाहेक कुनै उल्लेख्य काम नगरेको र उनले दिएको निर्देशन मन्त्री र सचिवले टेरपुच्छर नलगाएको देखिएको छ ।

    बिहीबार उनले मन्त्री र सचिवहरूलाई नतिजा आउने गरी काम गर्न फेरि निर्देशन दिएपछि सरकार वास्तवमै असफल बनेको देखिएको छ ।

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयमा आयोजित सरकारको चौमासिक समीक्षा बैठकमा प्रचण्डले जनतालाई परिवर्तनको आभास हुने गरी काम गर्न निर्देशन दिए ।

    ‘बजेट आएको यो चार महिनामा हामीले राम्रै काम गरेका छौँ । यो गति अझ बढ्ने गरी काम गर्ने होला,’ प्रधानमन्त्रीले भने, ‘काम गर्ने सिलसिलामा कुनै अवरोध आए म आफ्नातर्फबाट गाँठो फुकाउन तयार छु ।’

    प्रधानमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव डा. गणेश पाण्डेले सबै मन्त्रालयको एकमुस्ट रिपोर्ट प्रस्तुत गरेका थिए ।

    भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले चार महिनाको अवधिमा योजनाबमोजिम काम भए कि भएनन् भन्नेबारेमा छलफल भएको बताए ।

    तर प्रधानमन्त्रीले दाबी गरे जस्तो केही नतिजा देखिएको छैन भने मन्त्री र सचिवहरू आ–आफ्नै तालमा हिँडेका छन् ।

    प्रचण्डका २५ मन्त्रीमध्ये एकजनाको पनि राम्रो पफरमेन्स राम्रो नदेखिनुले नेतृत्वमै समस्या रहेको राजनीतिक विश्लेषकहरू बताउँछन् ।

    प्रचण्डको सरकारमा रहेका मन्त्री र सचिवहरूले विदेश भ्रमणमा कीर्तिमान नै राखेका छन् ।

    जबकि यो सरकारले आर्थिक मितव्ययिता अपनाउने भन्दै अत्यावश्यकबाहेक विदेश भ्रमण नगर्न निर्देशन दिएको थियो । त्यो प्रधानमन्त्री प्रचण्ड आफैंले उल्लंघन गरेका छन् ।

    १२ महिनामा प्रचण्ड आफैं एक महिना विदेश भ्रमणमा रहे । त्यसैले उनका निर्देशन फितलो सावित हुँदै गएको छ ।

    भ्रष्टाचार काण्ड धेरै सार्वजनिक हुनुले प्रचण्ड असफल बन्दै गएको देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend