काठमाडौं - पूर्वमिस नेपाल शृंखला खतिवडा विवाह बन्धनमा बाँधिएकी छन् ।
उनले कान्तिपुर पब्लिकेसनका प्रबन्ध निर्देशक सम्भव सिरोहियासँग लगनगाँठो कसेकी हुन्। सम्भव कैलाश सिरोहियाका पुत्र हुन् ।
बिहीबार काठमाडौंको हायात होटलमा आयोजित समारोहमा शृंखला र सम्भवले लामो समयदेखि चलेको प्रेम सम्बन्धलाई विवाहमा परिणत गरेका हुन् । शृंखला र सम्भवबीच अमेरिकामा उच्च अध्ययनका सिलसिलामा प्रेम सम्बन्ध गाँसिएको थियो ।
शृंखला सन् २०१८ की मिस नेपाल विजेता हुन्। सोही वर्षको विश्व सुन्दरी प्रतियोगितामा पनि शृंखला अन्तिम १२ मा प्रवेश गरेकी थिइन्।
उनले त्यसबेला मिस वर्ल्डको महत्वपूर्ण विधा ब्युटी विथ पर्पस पनि जितेकी थिइन्। शृंखला पूर्वमन्त्री एवं एकीकृत समाजवादीका नेता विरोध खतिवडाकी सुपुत्री हुन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।