काठमाडाैं । राप्रपाले पुस २७ गते पृथ्वी जयन्तीको अवसरमा पृथ्वीनारायण शाह, राष्ट्रिय एकता र देशभक्तिसंग सम्बन्धित विषयमा युवा कविता प्रतियोगिता आयोजना गर्ने भएको छ।
प्रतियोगिता आउॅदो पुस २७ गतेसम्ममा ४० वर्ष ननाघेका युवाहरूमा मात्र सीमित रहने छ।
प्रतियोगीहरूले कवितासँगै आफ्नो नागरिकताको फोटोकपी पठाउनुपर्नेछ। कविता पुसको १५ गते भित्रमा [email protected] इमेल गरेर वा ९८५१३४७४०५ मा WhatsApp गरेर पठाउन सकिनेछ।
यसका साथै काठमाडौँ धुम्बाराहीस्थित पार्टी केन्द्रीय कार्यालयमा आएर पनि कविता बुझाउन सकिनेछ।
कविता ५०० शब्दमा सिमित हुनुपर्नेछ। प्रतियोगितामा प्रथम हुने कविलाई एक लाख, द्वितीय हुनेलाई ५० हजार, तृतीय हुनेलाई २५ हजार तथा अन्य तीनजनालाई १०/१० हजारको सान्त्वना पुरस्कार प्रदान गरिनेछ। पुरस्कृत कविताहरू पुस २७ गते भृकुटीमण्डपमा हुने विशेष समारोहमा स्वयं कविहरूले वाचन गर्नेछन्।
प्राप्त कविताहरू तीनजना प्रतिष्ठित कविहरूले स्वतन्त्र र वस्तुपरक रूपमा मूल्याङ्कन गर्नेछन्।
मूल्यांकन समितिका सदस्यहरूको नाम पुस २७ गते नै जानकारी गराइने प्रवक्ता माेहनकुमार श्रेष्ठले जानकारी दिए।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।