बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

दीपक मनांगेलाई मन्त्री बनाउन मरिहत्ते गरेर माधव नेपालले गुमाए छवि

दीपक मनांगेलाई मन्त्री बनाउन मरिहत्ते गरेर माधव नेपालले गुमाए छवि

  • मिडिया डबली
  • सोमवार, मंसिर २५ २०८०

  • 2.3K
    SHARES

  • दीपक मनांगेलाई मन्त्री बनाउन मरिहत्ते गरेर माधव नेपालले गुमाए छवि

    काठमाडौं - एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल यतिबेला पार्टीमा बढ्दो ध्रुवीकरणका कारण चिन्तित छन् ।

    नेपालका निर्णय र कार्यशैलीमाथि झलनाथ खनालले कडा प्रतिवाद गर्दै दुई समूह बनाएपछि नेता कार्यकर्ता चिन्तित छन् ।

    छँदाखाँदाको एमाले विभाजन गरेर एकीकृत समाजवादी गठन गरेका नेपालले भएका नेता पनि गुमाउँदै आएका छन् । एकीकृत समाजवादीका धेरै धेरै जिल्ला अध्यक्ष र केन्द्रीय सदस्य एमालेतिरै फर्केका छन् । पार्टी गठन गरेको दुई वर्ष भइसक्दा पनि उनले महाधिवेशन गर्न सकेका छैनन् । बरु माघमा तय महाधिवेशनको मिति सारेर जेठमा गर्ने प्रस्ताव गरेका छन् ।

    प्रचण्डको यही कार्यकालमा आफ्ना पार्टीका सबै नेतालाई मन्त्री बनाउन चाहेका माधव नेपाल अहिले दीपक मनांगेलाई प्रदेश मन्त्री बनाउन लागिपरेका छन् ।

    त्यसका लागि उनले कांग्रेस र माओवादीका शीर्ष नेतालाई दबाब दिइरहेका छन् । एकीकृत समाजवादीबाट गण्डकी प्रदेशमा एकजना पनि सांसद जितेका छैनन् ।

    स्वतन्त्र सांसद राजीव गुरुङ उर्फ दीपक मनांगेलाई पार्टीमा भित्र्याएर एकीकृत समाजवादीले एक सांसद जोडेको छ । अहिले तिनै मनांगेलाई मन्त्री बनाउन भन्दै माधव नेपालले रोइकराई गरिरहेका छन् ।

    मनांगे अघिल्लो कार्यकालमा पनि घरी यता घरी उता गरेर पटकपटक मन्त्री बनेका थिए । उनकै कारण तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले पद गुमाएका थिए ।

    तर यसपटक गण्डकीमा कांंग्रेसको सांसद संख्या धेरै छ । त्यही भएर कांग्रेसले जति दबाब दिए पनि मनांगेलाई मन्त्री बनाउने सम्भावना नभएको बताइन्छ ।

    तर माधव नेपालको दीपक मनांगे मोह देखेर सबै आश्चर्यमा परेका छन् ।

    उनले सार्वजनिक रूपमै अभिव्यक्ति दिएर आफ्नो अग्लो कद घटाउँदै गएको विश्लेषण हुन थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend