काठमाडौं - स्मिता दाहाल प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी नातिनी हुन् ।
उनी चर्चित गायिका पनि हुन् । हाल बेलायतको लन्डनमा उच्च शिक्षा अध्ययन गरिहेकी स्मिता प्रचण्डकी छोरी गंगा दाहालकी छोरी हुन् । हुन त गंगा दाहाल अहिले जीवन आचार्यसँग विवाह गरेर बसेकी छन् ।
स्मिता भने गंगाको पहिलो श्रीमान् नारायणविक्रम प्रधानबाट जन्मेकी हुन् ।
गंगा र नारायणबीच भारत कि नेपाल बस्ने भन्ने विवादमा सम्बन्ध विच्छेद भएको थियो ।
गंगाले त्यसपछि विराटनगरका जीवन आचार्यसँग दोस्रो विवाह गरेकी थिइन्। स्मिता भने आमासँगै बसेकी थिइन्।
उनले आफ्नो थर पनि मावलीपट्टिकै राखेकी हुन्। उनलाई हजुरबुबा प्रचण्डले हुर्काए बढाए पढाएका हुन् । प्रचण्डकै खर्चमा अहिले उनी लन्डनमा छिन् ।
लन्डनमा उनले बोक्ने ब्यागबारे चौतर्फी चासो बढेको छ । स्मिताले साढे चार लाख मूल्यसम्म पर्ने ह्यान्ड बोक्ने गरेको पाइएको छ ।
सामाजिक सञ्जाल इन्स्टाग्राममा उनले हालेका ब्यागले उनी विश्वस्तरीय ब्यानमात्र बोक्छिन् भन्ने देखाउँछ । केही समयअघि उनकी आमा गंगाले पाँच लाख मूल्य पर्ने ब्याग बोकेको समाचार बाहिरिएको थियो ।
छोरी पनि आमा जस्तै ब्यागकी सौििखन देखिएकी छन् । सामाजिक सञ्जालमा स्मिताका तस्बिरमा दर्जनौं महंगा र ब्रान्डेट ब्यागहरू देख्न सकिन्छ।
उनले चनेल, प्राडा, कोच, गुची, ज्याक्कमसलगायतका महँगा विश्वस्तरीय ब्रान्डका ब्यागहरू बोकेका तस्बिरहरू पोस्ट गरेकी छन्।
स्मिताले बोक्ने चनेलको ह्यान्ड ब्यागको मूल्य तीन हजार डलरदेखि लिएर ११ हजार ५०० डलरसम्म पर्छ। जुन नेपाली रुपौयाँ चार लाख ३९ हजार १०८ नेपाली रुपैयाँ हुनआउँछ।
स्मिताले ‘प्राडा’ को शोल्डर ब्याग बोकेकी छन्। जसको नेपाली मूल्य तीन लाख दुई हजारभन्दा बढी हुन्छ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।