बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

पक्राउ पुर्जी जारी भएका खड्गलाई प्रचण्डले गरे बालुवाटारमा स्वागत

पक्राउ पुर्जी जारी भएका खड्गलाई प्रचण्डले गरे बालुवाटारमा स्वागत

  • मिडिया डबली
  • आइतवार, मंसिर २४ २०८०

  • 2.6K
    SHARES

  • पक्राउ पुर्जी जारी भएका खड्गलाई प्रचण्डले गरे बालुवाटारमा स्वागत

    काठमाडौं - काठमाडौं जिल्ला अदालतले ३५ दिने पक्राउ पुर्जी जारी गरेका नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बालुवाटारमा स्वागत गरेका छन् ।

    शनिवार साँझ बालुवाटार पुगेर विश्वकर्माले प्रधानमन्त्री प्रचण्डसँग भेट गरेका हुन् । उनले प्रधानमन्त्रीसँग भेटेकाबारे सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।

    भेटमा यसअघिको सरकारसँग भएको सहमति, अदालतबाट जारी पक्राउ पुर्जीलगायत समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

    अदालतले नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव, माइला लामा, विश्वकर्मालगायतका नेताहरुविरुद्ध पूर्जी जारी गरेको छ ।

    २०७६ असोज ९ गते दायर भएको मुद्दामा उनीहरुविद्ध पक्राउ पुर्जी जारी भएको हो ।

    पक्राउ पुर्जी जारी भएको विरोधमा नेकपाले देशव्यापी आन्दोलन घोषणा गरेको छ । नेकपाले न्यायाधीशको पुत्लासमेत जलाएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend