बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
राजनीतिक बिशेष

मन्त्रिपरिषद् पुनर्गठनको हल्लापछि आकांक्षीको दौडधूप, कुन दलबाट को चर्चामा ?

मन्त्रिपरिषद् पुनर्गठनको हल्लापछि आकांक्षीको दौडधूप, कुन दलबाट को चर्चामा ?

  • मिडिया डबली
  • शुक्रवार, मंसिर २२ २०८०

  • 6.9K
    SHARES

  • मन्त्रिपरिषद् पुनर्गठनको हल्लापछि आकांक्षीको दौडधूप, कुन दलबाट को चर्चामा ?

    काठमाडौं - केही दिनयता मन्त्रिपरिषद् पुनर्गठनको चर्चा सुरु भएको छ । भित्रभित्रै मन्त्रिपरिषद् पुनर्गठनको गृहकार्य भइरहे पनि कसैले पनि बाहिर मुख खोल्न सकेका छैनन् ।

    यद्यपि नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले तत्काल मन्त्रीहरू फेरबदल नहुने दाबी गर्दै आएका छन् । एक वर्ष नपुुग्दै सरकारका मन्त्री परिवर्तन गर्दा गलत सन्देश जाने भएकाले तत्कालभन्दा पनि पुस १० गते गठबन्धन सरकारको एक वर्ष पुगेलगत्तै मन्त्रीहरु परिवर्तन हुन सक्ने बताइन्छ ।

    मन्त्रीहरूको फेरबदल हुने चर्चासँगै आफ्नै दलभित्र पनि मन्त्रीका आकांक्षीहरुको दबाब बढ्दो क्रममा छ । त्यसले केही मन्त्रीहरुलाई हटाएर गठबन्धनबाटै नयाँ ल्याउने र रास्वपालाई समेत सरकारमा भित्र्याउने तयारीमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड लागेका छन् ।

    कांग्रेसभित्र कुन समूहले कति मन्त्री पाउने भन्नेमै नेताहरु केन्द्रित छन् । मन्त्रीको दौडमा विनोद चौधरी, सन्तोष चालिसे, किशोरसिंह राठोर, उदयशमशेर जबरालगायत छन् ।

    शंकर भण्डारी, रामहरि खतिवडा, दीपक गिरी, प्रदीप पौडेललगायतका पनि मन्त्रीका लागि दाबीमा छन् । सुनिल शर्मा र दीपक खड्का पनि मन्त्रीका दाबेदार छन् ।

    माओवादीबाट सबै सेट परिवर्तनको प्रयास भएको छ । सेट नै परिवर्तन गर्दा असन्तुष्टि कम हुने अनुमान गरिएको छ । मन्त्रीका वर्षमान पुन, माधव सापकोटा, रामकुमार राईको नाम पनि चर्चामा ल्याइएको छ ।

    माधव नेपालको एकीकृत समाजवादीबाट पनि नयाँ सेट नै आउने बुझिएको छ । नेपाल पहिलादेखि नै मिन्त्रीहरु फेर्न लागेका थिए ।

    किसान श्रेष्ठ, प्रेम आले, भानुभक्त जोशी, शेरबहादुर कुँवर, राजेन्द्र पाण्डे, धनबहादुर बुढा मन्त्री बन्ने दौडमा छन् । जसपामा पार्टी अध्यक्ष उपेन्द्र यादव नै मन्त्री बन्ने मनस्थितिमा छन् । त्यस्तै, प्रदीप यादव मन्त्रीको दौडमा छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend