बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्रचण्ड प्रधानमन्त्री भएकै बेला विप्लवसहित पाँच नेताविरुद्ध पक्राउ पुर्जी

प्रचण्ड प्रधानमन्त्री भएकै बेला विप्लवसहित पाँच नेताविरुद्ध पक्राउ पुर्जी

  • मिडिया डबली
  • सोमवार, मंसिर १८ २०८०

  • 2.7K
    SHARES

  • प्रचण्ड प्रधानमन्त्री भएकै बेला विप्लवसहित पाँच नेताविरुद्ध पक्राउ पुर्जी

    काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लव अहिले माओवादी, जसपा, एकीकृत समाजवादी पार्टी सम्मिलित समाजवादी मोर्चाका नेतासमेत हुन् ।

    उनीसहित नेकपाका पाँच नेताविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

    जिल्ला अदालत काठमाडौँले नेकपाका शीर्ष नेताहरूविरुद्ध राज्यविरुद्धको कसुर मुद्दामा पक्राउ पुर्जी जारी हो ।

    विप्लवसहित उनको पार्टीका उपत्यका विशेष ब्युरो इन्चार्ज माइला लामा, पोलिटब्युरो सदस्य खड्गबहादुर विश्वकर्मा र अखिल नेपाल किसान महासंघ क्रान्तिकारी अध्यक्ष राजु कार्कीविरुद्ध पक्राउ पुर्जी जारी गरिएको सूचनामा छ।

    उनीहरूविरुद्ध जिल्ला अदालत काठमाडौंमा २०७६ असोज ९ गते राज्यविरुद्धको कसुर मुद्दा दायर भएको थियो।

    २०७९ साउनमा पनि महासचिव विप्लवलगायत आधा दर्जन नेताहरूविरुद्ध जिल्ला अदालत ललितपुरले पक्राउ पुर्जी जारी गरेको थियो।

    अदालतमा हातहतियार तथा खरखजाना, विस्फोटक पदार्थ विस्फोट गराई कर्तव्य ज्यान र राज्यविरुद्धको कसुरमा मुद्दा चलेको थियो।

    हिंसात्मक गतिविधि गर्न थालेपछि २०७५ फागुन २८ गते सरकारले विप्लव समूहको गतिविधिमा प्रतिबन्ध लगाएको थियो।

    एमाले अध्यक्ष केपी ओली नेतृत्वको सरकार र विप्लवको पार्टीबीच २०७७ फागुनमा सरकारले लगाएको मुद्दा खारेज गर्ने सहमति भएको थियो।

    त्यसपछि पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले मुद्दा खारेज गर्ने निर्णय मन्त्रिपरिषद्‍बाटै गरेको थियो।

    तर‚ सरकारको निर्णयको पत्र अदालतमा नपुगेको भन्दै अदालतले सोमबार ३५ दिने पक्राउ पुर्जी जारी गरेको हो।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend