बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

उम्किनै नसकिने गरी गिजोलियो नेपाली सेनालाई, सेनापति बन्ने मोहले काण्डैकाण्ड

उम्किनै नसकिने गरी गिजोलियो नेपाली सेनालाई, सेनापति बन्ने मोहले काण्डैकाण्ड

  • मिडिया डबली
  • मंगलवार, मंसिर १२ २०८०

  • 2.4K
    SHARES

  • उम्किनै नसकिने गरी गिजोलियो नेपाली सेनालाई, सेनापति बन्ने मोहले काण्डैकाण्ड

    काठमाडौं - केही समयअघिसम्म नेपाली सेनाभित्रका विवाद बाहिर आउँदैनथ्यो ।

    ठूल्ठूला काण्ड भए पनि त्यहीँ सामसुम पारिन्थ्यो । जंगी अड्डाले कोर्ट मार्सल अफ इन्क्वाइरी गठन गरेर दोषीलाई सजाय दिन्थ्यो ।

    तर पछिल्लो समय नेपाली सेनामा स–साना विवाद पनि बाहिर आउन थालेका छन् ।

    सेनाभित्र सबैको सजिलै पहुँच पुगेको र नेपाली सेना पनि आफ्नो मिसनभन्दा व्यापारिक संगठन बनेपछि विवाद छताछुल्ल हुने गरेको हो ।

    अहिले सेनामा सेनापति बन्ने लोभले ठूल्ठूला अधिकृतले भएको जागिर पनि गुमाउने क्रम बढेको छ ।

    नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेलाई जंगी अड्डाले रथी बढुवा सिफारिस गरेको २४ दिनपछि राजीनामा दिनुपर्ने अवस्था आयो । जन्ममिति विवादमा पाण्डेले रथी सिफारिस भइसकेपछि राजीनामा दिएका हुन् ।

    सेनामा अधिकृतदेखि उपथी हुँदासम्म र म्याद थप गर्दा पनि त्यही नागरिकताका आधारमा हुने, तर रथी बढुवामा भने विवाद निकालिनुमा सैनिक नेतृत्व पाण्डेलाई सेनापति हुन नदिने पक्षमा थियो भन्ने छर्लंग हुन्छ ।

    उपरथी पाण्डेले राजीनामा दिएसँगै सेनामा दोस्रो, तेस्रो होइन, चौथो नम्बरका उपरथी सन्तोषकुमार ढकालले रथी बढुवा हुन चलखेल गरेका छन् ।

    ढकालले पाण्डेको राजीनामासँगै सिग्देलको जन्ममिति विवाद उछालेर उनलाई समेत जान बाध्य बनाउने खेल खेल्दैआएका छन् । अर्का उपरथी निर्मल थापाको शैक्षिक प्रमाण नै नक्कली भएकाले उनलाई पन्छाउन झन् सजिलो हुने ठानेर उपरथी ढकाल योजनाबद्ध रुपमा लागेको बुझिएको छ ।

    सिग्देललाई बिदा गर्न सके थापालाई गाह्रो नहुने निष्कर्षका साथ उनी लागेका छन् ।

    एक महिनाअघि म्याद नथपिएको भए अवकाश भइसकेका उपरथी ढकालले सेनापति बन्ने लालसा राखेर सिग्देलको नागरिकताको विवाद उछालिएको छ ।

    सिग्देलको नागरिकतामा जन्ममिति २०२३ माघ १० गते र शैक्षिक प्रमाणपत्रमा २०२१ माघ १० गते रहेको प्रचार भइरहेको छ ।

    उपरथी निर्मलकुमार थापाको शैक्षिक प्रमाण पत्र नक्कली भएको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ ।

    पूर्वसैनिक अधिकृतहरूले उपरथी थापाको प्रवीणता प्रमाण पत्र तहको शैक्षिक प्रमाण पत्र भारतको गोरखपुर हाईस्कुलबाट ल्याइएको नक्कली भएको भन्दै छानबिनका लागि आयोगमा निवेदन दिएका हुन् ।

    थापाले २०४० सालमा एसएलसी उत्तीर्ण गरी अमृत साइन्स कलेज लैनचौरमा भर्ना भइ प्रथम वर्ष नै अनुत्तीर्ण भएपछि भारतको गोरखपुरबाट नक्कली प्रमाण पत्र ल्याई त्यसैको आधारमा २०४३ सालमा नेपाली सेनामा भर्ना भई हाल उपरथी भई सिरियामा कार्यरत रहेको निवेदनमा उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend