बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कांग्रेस महामन्त्री थापाको सभापतित्वमा बसेको बैठकले गर्यो भूकम्प प्रभावितका लागि ६ वटा निर्णय

कांग्रेस महामन्त्री थापाको सभापतित्वमा बसेको बैठकले गर्यो भूकम्प प्रभावितका लागि ६ वटा निर्णय

  • मिडिया डबली
  • मंगलवार, मंसिर ५ २०८०

  • 2.4K
    SHARES

  • कांग्रेस महामन्त्री थापाको सभापतित्वमा बसेको बैठकले गर्यो भूकम्प प्रभावितका लागि ६ वटा निर्णय

    काठमाडौं - नेपाली कांग्रेसले जाजरकोट र रूकुम पश्चिम०का भूकम्प प्रभावित क्षेत्रका पीडित परिवारलाई यथाशीघ्र अस्थायी घरटहरा निर्माण गर्न पार्टीको तर्फबाट श्रमदान गर्ने निर्णय गरेको छ ।

    मंगलबार महामन्त्री गगनकुमार थापाको सभापतित्वमा बसेको पार्टीका पदाधिकारी, केन्द्रीय सदस्यहरु एवं भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको बैठकले यस्तो निर्णय गरेको हो।

    जसमा भूकम्प प्रभावित क्षेत्रका अति जोखिममा रहेका पिडित परिवारलाई यथाशिघ्र अस्थायी घर टहरा निर्माण गरी सहयोग पु्यार्उने उद्देश्यले श्रमदान गर्न यथाशिघ्र एक निर्माण विज्ञ, दुई जना दक्ष मिस्त्री र सात जना स्वयंसेवक रहने गरी १०÷१० जनाको समूह बनाई पहिलो चरणमा १३ समूह सम्बन्धित क्षेत्रमा पठाउने ।

    उक्त समूहहरुले एक हप्ता काम गरिसकेपछि क्रमिक रुपमा अर्को १३ वटा समूह सम्बन्धित क्षेत्रमा तुरुन्तै पठाई पहिलो समूहलाई प्रतिस्थापन गर्ने, श्रमदानमा खटिएका जनशक्तिका साथमा सामान्य स्वास्थ्य र मानसिक स्वास्थ्यसम्बन्धी शिविर संचालन गर्न प्रजातन्त्रवादी चिकित्सक संघका चिकित्सकहरु परिचालन गर्ने, प्रभावित क्षेत्रमा पठन–पाठन सुचारु गर्न आवश्यक भौतिक तथा अन्य बन्दोवस्त मिलाउन नेपाल शिक्षक संघले सामूहिक रुपमा कार्य गर्ने, नेपाल विद्यार्थी संघ केन्द्रीय समितिले आफ्नै खर्चमा हाल चारवटा अस्थायी विद्यालय र चाँडै नै दुईवटा स्थायी पक्की विद्यालय भवन बनाउने निर्णय गरेको छ ।

    यस्तै, नेपाल ट्रेड युनियन कांग्रेस केन्द्रीय कार्यसमितिले भूकम्प प्रभावित क्षेत्रका अति विपन्न तथा जिविकोपार्जनका माध्यम गुमाएका असहाय परिवार तथा श्रमिकको पुर्नस्थापनासम्वन्धी अध्ययन गरी आवश्यक साधन स्रोत उपलव्ध गराई सहयोग पुर्याउने र भूकम्प प्रभावित क्षेत्रका अस्थायी घरटहरा निर्माणमा श्रमदान गर्न जाने व्यक्ति र समूहले गर्ने काम कर्तव्य र कार्यक्षेत्रबारे बैठकमा आएका सुझावका आधारमा तयार गरिएको कार्यविधि पारित गरेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend