बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

तेस्रो कार्यकालमा धेरै काम गर्छु भन्ने प्रचण्डलाई भाषण र उदघाटनमा भ्याइनभ्याइ

तेस्रो कार्यकालमा धेरै काम गर्छु भन्ने प्रचण्डलाई भाषण र उदघाटनमा भ्याइनभ्याइ

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक २४ २०८०

  • 2.4K
    SHARES

  • तेस्रो कार्यकालमा धेरै काम गर्छु भन्ने प्रचण्डलाई भाषण र उदघाटनमा भ्याइनभ्याइ

    काठमाडौं - गत पुसमा प्रधानमन्त्री भएलगत्तै पुष्पकमल दाहाल प्रचण्डले भनेका थिए– ‘पहिले र दोस्रो कार्यकालमा सोचे जति काम गर्न सकिएन । यसपटक थोरै बोल्ने धेरै काम गर्नेछु ।’

    प्रधानमन्त्री भएको केही दिनसम्म प्रचण्डले अब चाहिँ काम गर्छन् होला भन्ने सबैलाई लागेको थियो । तर नानीदेखि लागेको बानी किन सुध्रिन्थ्यो । तेस्रो कार्यकालमा त अभिव्यक्तिकै कारण झन्डै पद नै गुमाउन पुगे ।

    प्रधानमन्त्री भएको १० महिना बित्न लाग्दासम्म उनले सम्झनलायक एउटा पनि गतिलो काम गर्न सकेका छैनन् । हुँदाहुँदा अहिले त उनी माओवादीको गाउँस्तरीय प्रशिक्षण कार्यक्रमको उदघाटन गर्न भन्दै राज्यस्रोत खर्च गरेर रोल्पा पुगेका छन् ।

    शुक्रबार उनले रोल्पाको थवाङ गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रम उदघाटन गरे । हेलिकप्टरमा गएका प्रचण्डले एक–एकवटा पुल र अस्पतालको उद्घाटन गर्नेछन् ।

    गाउँपालिकास्तरीय पार्टी प्रशिक्षण कार्यक्रममा उनले थवाङ आउन पाउँदा आफूलाई हर्ष र गौरवको अनुभूति हुने गरेको बताए। जनयुद्धको तयारी, उठान र सञ्चालन यहीँ आधार बनाएर गरिएको उनले स्मरण गरे।

    ‘थवाङ विचार र क्रान्तिको प्रतीक हो। यसले विचार दियो, गुणात्मक परिवर्तन दियो। एउटा ऐतिहासिक क्रान्तिको नेतृत्व गरेको छ। यहाँ आएर फर्किँदा म जहिले पनि उर्जा लिएर फर्किन्छु,’ प्रचण्डले भने, ‘थवाङलाई देशले मात्रै चिन्दैन, सिंग‍ो विश्वले चिन्छ। यसबाट बेलाबेला संसारलाई नै महत्त्वपूर्ण सन्देश दिन्छ।’

    प्रचण्डले शुक्रबार नै सहिदमार्गअन्तर्गत थबाङमा निर्माण गरिएको पक्की सडक पुलको उद्घाटन गर्ने कार्यक्रम छ । करिब पाँच वर्षमा निर्माण भएको उक्त पुलको लम्बाई १६९ मिटर छ भने लागत १३ करोड ७ लाख रहेको छ ।

    थबाङपछि प्रधानमन्त्री प्रचण्डले रोल्पा सदरमुकाम लिबाङस्थित ५० शय्याको रोल्पा अस्पताल भवनको उद्घाटन गर्नेछन् । करिब आठ वर्षमा निर्माण भएको उक्त भवनको लागत २९ करोड रहेको छ ।

    २०१९ मा दाङ, प्युठान, रुकुम र सल्यानका केही स्थानलाई गाभेर नयाँ जिल्ला रोल्पाको निर्माण भएपछि जिल्लामा निर्माण भएको यो पहिलो अस्पताल भवन हो । त्यसपछि प्रचण्डले दिउँसो २ बजे सदरमुकाम लिबाङस्थित आमसभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

    पार्टीले सञ्चालन गरेको गाउँ पुग्ने अभियानअन्तर्गत उनले रोल्पा नगरपालिकामा आयोजित सभालाई सम्बोधन गर्नेछन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend