बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
आजको बिशेष

चीनका स–साना नेताले सजिलै भेट्छन् नेपालका राष्ट्रपति र प्रधानमन्त्री, बेइजिङमा ठूला नेता भेट्न महाभारत

चीनका स–साना नेताले सजिलै भेट्छन् नेपालका राष्ट्रपति र प्रधानमन्त्री, बेइजिङमा ठूला नेता भेट्न महाभारत

  • मिडिया डबली
  • शुक्रवार, कार्तिक २४ २०८०

  • 2.5K
    SHARES

  • चीनका स–साना नेताले सजिलै भेट्छन् नेपालका राष्ट्रपति र प्रधानमन्त्री, बेइजिङमा ठूला नेता भेट्न महाभारत

    काठमाडौं - यतिबेला चीनले आर्थिक सहयोगका नाममा आफ्नो वर्चस्व कायम राख्न कम्युनिस्ट नेताहरूलाई बेइजिङ भ्रमणको निम्तो दिइरहेको छ । जेठ महिनायता झन्डै ६० जना कम्युनिस्ट नेता चीन पुगिसकेका छन् ।

    जसमा एमाले, माओवादी, एकीकृत समाजवादीका तल्लो तहदेखि अध्यक्षसम्मका नेता चीन पुगेका छन् । तर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबाहेक कसैले पनि चीनका राष्ट्रपति र प्रधानमन्त्रीलाई भेट्न सकेका छैनन् । बरु दोस्रो तेस्रो तहका नेता भेटेर गदगद् हुँदे फर्कने गरेका छन् ।

    अहिले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल चीन भ्रमणमा छन् । त्यसअघि माओवादी अध्यक्ष प्रचण्ड, उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, देव गुरुङ, अग्निप्रसाद सापकोटा चीन पुगेर फर्किसकेका छन् । एमालेबाट महासचिव शंकर पोखरेलसहितका नेताहरू बेइजिङ पुगेर फर्केका छन् ।

    उनी चीनमै हुँदा एमाले उपाध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि पोखरेल भ्रमण छोट्याएर नेपाल फर्केका थिए । नेपालका नेताहरू चीन भ्रमणमा रहेकै बेला चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) तिब्बतका सचिव वाङ चुनचङ काठमाडौंमा छन् । उनले राजनीतिक भेटवार्ता तीव्र पारेका छन् ।

    अहिलेसम्म उनले राष्ट्रपति रामचन्द्र पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री प्रचण्डसँग भेटवार्ता गरिसकेका छन् ।

    सीपीसीका तिब्बत सचिव चुनचङले नेपालमा राष्ट्रपति र प्रधानमन्त्री सजिलै भेट्न पाउँछन्, तर नेपालबाट बेइजिङ पुगेका ठूलै कम्युनिस्ट नेताले पनि त्यहाँका राष्ट्रपति र प्रधानमन्त्री भेट्न पाउँदैनन् ।

    आफ्नो ग्रिपमा नेपालका नेताहरूलाई राख्न पनि चीनले महिनैपिच्छे नेताहरूलाई चीन भ्रमणमा बोलाउने गरेको पाइन्छ । चीन भ्रमण गरेर एउटा पनि उपलब्धि हासिल हुन सकेको छैन ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend