बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

जाजरकोट पुगेर भूकम्पमा परी घाइते भएकाहरुको अवस्था बुझ्दै प्रधानमन्त्री

जाजरकोट पुगेर भूकम्पमा परी घाइते भएकाहरुको अवस्था बुझ्दै प्रधानमन्त्री

  • मिडिया डबली
  • शनिवार, कार्तिक १८ २०८०

  • 1.7K
    SHARES

  • जाजरकोट पुगेर भूकम्पमा परी घाइते भएकाहरुको अवस्था बुझ्दै प्रधानमन्त्री

    काठमाडौँ - पश्चिम नेपालको जाजरकोटलाई केन्द्रबिन्दु बनाएर शुक्रबार राति गएको भूकम्पमा प्रभावित क्षेत्रको राहत र उद्धारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड जाजरकोट पुगेका छन् ।

    उनीसँगै उर्जामन्त्री शक्ति बस्नेत र जनार्दन शर्मा पनि गएका छन् । यतिबेला प्रमुख जिल्ला अधिकारीसँग विवरण लिएर प्रभावित क्षेत्रमा गएका छन् । प्रचण्ड अस्पतालमा पुगेर बिरामीहरुको अवस्थाबारेसमेत जानकारी लिएका छन् ।

    उद्धारका लागि तीन वटै सुरक्षा निकाय खटिएका छन् । नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी राहत तथा उद्धारका लागि खटिएका हुन् ।

    सशस्त्र प्रहरी बल बाट जाजरकोटमा घाइते ३१ जनाको उद्दार गरेको छ भने रुकुम पश्चिममा १२ जनालाई उद्धार गरेर अस्पताल पठाएको छ ।

    नेपाल प्रहरीले सडक खुलाउने र घाइतेहरुलाई एम्बुलेन्समा हालेर अस्पताल लगिरहेको प्रहरी प्रवक्ता कुवेरसिंह कडायतले जानकारी दिएका छन् ।

    नेपाली सेनाको ३ वटा हेलिकोप्टर अहिले प्रभावित क्षेत्रमा परिचालन भएको छ । सशस्त्र प्रहरी बलको अस्पताल र वीर अस्पतालका स्वास्थ्यकर्मी सहितको टोली बोकेर सेनाको स्काई ट्रक पश्चिम रुकुमका लागि उडिसकेको छ ।

    सशस्त्र प्रहरी बलको अस्पताल बलम्बुबाट डा रोशन पराजुलीसहितको ९ जनाको मेडिकल टिम र वीर अस्पतालबाट ६ जना गरेर १५ जना स्वास्थ्यकर्मीको टोली नेपाली सेनाको स्काई ट्रकमार्फत त्यसतर्फ गइसकेको छ ।

    भूकम्पले जाजरकोटमा व्यापक क्षति भएको छ । कैयन घरहरु भत्किएका छन् भने स्थानीय पीडामा छन् । उनीहरुले राहत र उद्धारका लागि अनुरोध गरिहेका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend