बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

माओवादीले सडक संघर्षको घोषणा गरेपछि अप्ठेरोमा कांग्रेस

माओवादीले सडक संघर्षको घोषणा गरेपछि अप्ठेरोमा कांग्रेस

  • मिडिया डबली
  • मंगलवार, कार्तिक १४ २०८०

  • 3.4K
    SHARES

  • माओवादीले सडक संघर्षको घोषणा गरेपछि अप्ठेरोमा कांग्रेस

    काठमाडौं - सत्ताको नेतृत्व गरिरहेको माओवादीले सडक संघर्षको कार्यक्रम घोषणा गरेको छ ।

    मंगलबार जारी सर्कुलरअनुसार माओवादीले गणतन्त्रका उपलब्धिहरु उल्टाउने गरी राजावादी खेमाबाट भइरहेका प्रतिगामी षडयन्त्रहरुको भण्डाफोर गर्ने भन्दै सडक संघर्ष गर्न लागेको हो ।

    माओवादीले मंसिर २२ गते काठमाडौंमा सडक संघर्ष गर्ने जनाएको छ । आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको माओवादीको पदाधिकारी बैठकले निर्णयबारे सर्कुलर पठाउँदै उसले मातहत कमिटी र भ्रातृसंगठनहरुलाई मंसिर २२ को तयारीमा उत्रन निर्देशन दिएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पछिल्लो समय प्रतिगमनविरूद्ध सडकमा लाखौं जनता उतार्ने सार्वजनिक अभिव्यक्ति दिँदै आएका छन् । जुनसुकै जिल्लामा गएर भाषण गर्दा पनि उनले सडक आन्दोलन गर्छौं भनिरहेका छन् ।

    तर कसले प्रतिगमन गर्न लागेको हो भन्ने उनले भन्न सकेका छैनन् । माओवादीले गर्न लागेको सडक आन्दोलन कसलाई देखाउन र तर्साउन हो भन्दै अहिले सामाजिक सञ्जालमा आक्रोश उत्पन्न भएको छ ।

    उसको यो हठले सत्तारुढ दल नेपाली कांग्रेसलाई अप्ठेरो परेको छ । आफैं सरकारमा बस्ने अनि सडक आन्दोलन गर्ने माओवादी चरित्रका कारण कांग्रेसलाई अप्ठेरो परेको हो ।

    प्रायः विपक्षी दल तथा आफ्ना माग पूरा गर्न सरकारलाई दबाब दिने उद्देश्यले दबाब समूहले सडक आन्दोलन गर्ने चलन छ । तर माओवादी आफैं सत्तारुढ दल हो । सो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आफैं प्रधानमन्त्री छन् ।

    माओवादीको यो सर्कुलरका कारण अहिले कांग्रेस, एकीकृत समाजवादी, जसपालाई नैतिक संकट परेको छ । सत्तारुढ पार्टीले संगठन अभियान, जनचेतना जगाउने अभियान चलाउन सक्छ ।

    तर आफैं सरकारमा बसेर आफैंले सडक आन्दोलन गर्न खोज्नु माओवादीको चरम सत्ता लिप्सा भएको विश्लेषण हुन थालेको छ । कतै एमालेले आफ्नो भाग खोस्न लागेको त होइन भन्ने डर माओवादीमा देखिएको हुन सक्ने विश्लेषण हुन थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend