बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
राजनीतिक बिशेष

राष्ट्रसंघका महासचिव बोलाएर के सन्देश दिन चाहन्छन् प्रचण्ड ?

राष्ट्रसंघका महासचिव बोलाएर के सन्देश दिन चाहन्छन् प्रचण्ड ?

  • मिडिया डबली
  • आइतवार, कार्तिक १२ २०८०

  • 1.7K
    SHARES

  • राष्ट्रसंघका महासचिव बोलाएर के सन्देश दिन चाहन्छन् प्रचण्ड ?

    काठमाडौं - संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेस चारदिने औपचारिक भ्रमणमा नेपाल आइपुगेका छन् ।

    उनलाई परराष्ट्रमन्त्री एनपी साउदले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् । करिब १५ वर्षपछि नेपालमा राष्ट्रसंघका महासचिवको यस भ्रमणलाई कूटनीतिक क्षेत्रमा महत्वका साथ हेरिएको छ ।

    महासचिव गुटेरेसलाई नेपालले विदेशी सरकार प्रमुखको कूटनीतिक हैसियत दिएको छ । विस्तृत शान्ति सम्झौता भएको १७ वर्षसम्म पनि नेपालमा संक्रमणकालीन न्याय टुंगिएको छैन । अपूरो कानुन बन्दा सर्वोच्च अदालतले नै पूर्ण कानुन बनाउन आदेश दिए पनि संसद्ले अझै कानुन बनाउन सकेको छैन । संक्रमणकालीन न्यायसम्बन्धी विधेयकमा दलहरू चारवटा विषयमा सहमतिमा पुग्न सकेका छैनन् । टिआरसी विधेयक लामो समयदेखि प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा अड्किएको छ ।

    उपसमितिले विवाद थाती राखेर प्रतिवेदन बुझाए पनि पूर्ण समितिले सहमति जुटाउन नसक्दा संसद्मा आउन सकेको छैन । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको मैत्रीपूर्ण निमन्त्रणामा महासचिव गुटेरेस नेपाल आएका हुन् ।

    उनले आजै राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री प्रचण्ड, सभामुख देवराज घिमिरेलगायत उच्च पदाधिकारीसँग भेट्ने तयारी छ । गुटेरेसले कात्तिक १४ गते संघीय संसद्को संयुक्त बैठकलाई सम्बोधन गर्ने भएका छन् ।

    प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार संसद् सचिवालयलाई पत्र पठाउँदै संसद्को संयुक्त सदनमा महासचिव गुटेरेसको सम्बोधनको प्रबन्ध मिलाउन अनुरोध गरेको छ ।

    सरकारको आग्रहअनुसार सचिवालयले महासचिव गुटेरेसको सम्बोधनको तयारी थालेको हो । गुटेरेसको भ्रमणलाई केन्द्रित गरी प्रतिनिधिसभाको बैठक आइतबार आह्वान गरिएको छ ।

    दुवै सदनको संयुक्त बैठक बस्ने निर्णय भएको छ । परराष्ट्र मन्त्रालयका अनुसार महासचिव गुटेरेसको सम्बोधन विश्व शान्ति, नेपालको शान्ति प्रक्रिया, संक्रमणकालीन न्यायको विषयमा केन्द्रित हुनेछ । प्रचण्ड अमेरिका जानुअघि नै टीआरसी विधेयक टुंग्याउन चाहन्थे ।

    संक्रमणकालीन मुद्दा टुंगो नलाग्दा माओवादी नेताहरूमाथि जतिबेला पनि अन्तर्राष्ट्रिय अदालतमा मुद्दा चल्ने सम्भावना छ ।

    त्यसकारण पनि प्रचण्ड यो विषय टुंगोमा पुर्याउन राष्ट्रसंघका महासचिवलाई नेपालमा बोलाएर दलहरूलाई दबाब बढाउन चाहेको विश्लेषण गर्न थालिएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend