आइतवार, भाद्र २८ २०८३Sep 13 2026

Logo
images images

झापामै लाग्यो ‘केपी ओली र महेश बस्नेत मुर्दावाद’ को नारा

झापामै लाग्यो ‘केपी ओली र महेश बस्नेत मुर्दावाद’ को नारा

  • मिडिया डबली
  • मंगलवार, आश्विन २३ २०८०

  • 3.3K
    SHARES

  • झापामै लाग्यो ‘केपी ओली र महेश बस्नेत मुर्दावाद’ को नारा
    फाइल तस्वीर

    काठमाडौं - विवादास्पद व्यवसायी दुर्गा प्रसाईंमाथि सोमबार काठमाडौंमा मोसो दलेको घटनाले झापामा तरंग सिर्जना गरेको छ ।

    झापाको विर्तामोडस्थित बी एन्ड सी मेडिकल कलेजका सञ्चालक प्रसाईमाथि एमालेको भ्रातृसंगठन युवा संघका कार्यकर्ताले मोसो दलेका थिए ।

    एमाले नेता महेश बस्नेतको निर्देशनमा आफूलाई मोसो दलिएको भन्दै प्रसाईले एलोप्यागोडा होटलमा आयोजित पत्रकार सम्मेलनमा उपयुक्त समयमा जवाफ दिने घोषणा गरेका थिए ।

    सोमबार राति नै एमाले नेता महेश बस्नेतले प्रसाईलाई गलत हर्कत छाडेर सच्चिन आग्रह गर्दै युवा संघलाई कम नआँक्न चेतावनी दिएका थिए । त्यसलगत्तै झापामा एमाले अध्यक्ष केपी ओली र महेश बस्नेत मुर्दावादको नारा लागेको छ । प्रसाई समर्थित युवाहरूले सोमबार साँझ झापामा ओली र बस्नेत मुर्दावादको नारा लगाउँदै जुलुस निकालेका हुन् ।

    झापा ओलीको गृहजिल्लासमेत हो । प्रसाई पनि झापाकै हुन् । यो घटनाले अब झापामा ओली विरोधी समूह बढ्ने अवस्था देखिएको छ । विगतमा प्रसाईलाई ओलीले नै संरक्षण गरेका थिए । त्यति मात्र होइन, ओलीले प्रसाईलाई एमालेको केन्द्रीय सदस्यसमेत बनाएका थिए ।

    तर पछि प्रसाई राजसंस्था फर्काउ अभियानमा लागेपछि उनी बर्खास्त भएका थिए । मेडिकल माफिया प्रसाईंले सोमबार एलोप्यागोडा होटलको हलभित्र युट्युवर सम्मेलन गरी मारवाडी समुदायलाई हिलो छ्याप्ने काम गरेका थिए ।

    त्यसपछि बाहिर निस्कँदै गर्दा केही युवाहरुले उनीमाथि कालोमोसो दलेका थिए । प्रसाईंले विशाल ग्रुप, त्रिवेणी ग्रुप, गोयल ग्रुपमाथि विभिन्न आरोप लगाएका थिए ।

    विशाल ग्रुप, त्रिवेणी ग्रुप, गोयल ग्रुपले व्यापारको नाममा तस्करी गर्दै आएको, राज्यलाई कर नतिर्ने गरेको, बालमन्दिर, पशुपति विकास क्षेत्रलगायतको सार्वजनिक सम्पत्ति हडपेको, व्यावसायिक साझेदारसँग विवाद गरेर उनीहरुको सम्पत्ति कब्जा गरेको जस्ता आरोप लगाएका थिए ।

    प्रसाईंलाई साथ दिन राकेश अडुकिया, वैद्यनाथ अग्रवाल, रमेश अग्रवाल मञ्चमा बसेका थिए । राकेश तिनै व्यापारी हुन्, जो ६० किलो सुन तस्करी प्रकरणमा मुछिएका व्यक्ति हुन् । प्रसाईं आफैंले विगतमा बैंक तथा वित्तीय संस्था र लघुवित्त संस्थाका कर्मचारीलाई कालोमोसो दल्ने भनेर ‘कालोमोसो दस्ता’ घोषणा गरेका थिए ।

    र, विभिन्न जिल्लामा बैंकका कर्मचारीमाथि मोसो दलेका थिए । प्रसाईंले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कार र नागरिक बचाउ महाअभियान घोषणा गरेर विभिन्न व्यवसायीहरुलाई लक्षित गर्दै विवादास्पद अभिव्यक्ति दिँदै आएका छन् ।

    साथै, उनले मारवाडी समुदायलाई लक्षित गर्दै सामाजिक सद्भाव भड्काउने गरी आपत्तिजनक शब्द बोल्दै आएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शुक्रवार, बैशाख २६ २०७७१०:३३:०८
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend