बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
राजनीतिक बिशेष

बाबुरामले नेसपा पुराना पार्टीसँग मर्ज नहुने भनेपछि प्रचण्डको योजनामा तुषरापात

बाबुरामले नेसपा पुराना पार्टीसँग मर्ज नहुने भनेपछि प्रचण्डको योजनामा तुषरापात

  • मिडिया डबली
  • मंगलवार, आश्विन २३ २०८०

  • 2.0K
    SHARES

  • बाबुरामले नेसपा पुराना पार्टीसँग मर्ज नहुने भनेपछि प्रचण्डको योजनामा तुषरापात

    काठमाडौं - नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले आफ्नो पार्टी पुराना दलसँग मर्ज नहुने बताएका छन्।

    नेसपा स्थापनाकालदेखि नै देशमा वैकल्पिक नयाँ समाजवादी ् समुन्नत समाजवादी शक्ति निर्माणमा जोड दिंदै आएको भन्दै उनले अवसरवादी तत्वहरूले नेसपा कुनै पुरानो पार्टीसँग मर्ज हुन खोजेको भन्ने भ्रम खुला वा छद्म रूपमा छर्ने प्रयत्न गरिरहेको भन्दै आपत्ति जनाएका छन्।

    ‘नयाँ समाजवादी निर्माणका निम्ति सबैसँग रूपान्तरणसहितको ध्रुवीकरणको कुरा गरेको छ। कसैसँग पनि डेन्टिंगपेन्टिंग गरेर वा पुच्छर काटेर मर्ज गर्ने कुरा कहिंकतै गरेको छैन । सबै प्रकारका नियोजित प्रचारवाजीबाट मुक्त हुन नेसपाको संवाद समितिको तर्फबाट आधिकारिक रूपमा प्रस्तुत गरिएको यो नौबुॅदे समाजवादी ध्रुवीकरणको औचित्य र आधार अध्ययन गर्न, सत्यतथ्य बुझ्न र कुनै पनि प्रकारका भ्रमजालमा नपर्न हार्दिक आग्रह छ,’ बाबुरामले भने ।

    पछिल्लो समयमा माओवादीले पार्टी एकताका लागि नेसपाका अर्का अध्यक्ष महीन्द्र राय यादवलाई पत्राचार गरेको थियो। पार्टी एकताका लागि भदौ ३० गतेको मिति राखेर माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र महासचिव देव गुरुङले हस्ताक्षर गरी नेसपाका अध्यक्ष यादवलाई पत्र पठाइएको थियो।

    यस अगाडि पार्टी एकताका लागि माओवादीले उपाध्यक्ष कृष्णबहादुर महराको नेतृत्वमा र नेसपाले गंगानारायण श्रेष्ठको संयोजकत्वमा वार्ता समिति गठन गरेको थियो। प्रचण्ड अमेरिका प्रस्थान गर्नु अगाडि बाबुरामलाई बाइपास गरेर अर्का अध्यक्ष यादवलाई पत्राचार गरेपछि नेसपाभित्र तरंग पैदा भएको छ।

    बाबुरामले सबै प्रकारका नियोजित प्रचारवाजीबाट मुक्त हुन भ्रमजालमा नपर्न पनि आग्रह गरेका छन् । माओवादी र नेसपाबीच एकता गर्ने सहमति चुनाव अगाडि नै भएको थियो ।

    सोहीअनुसार उसले निर्वाचनमा माओवादीको चुनाव चिन्हबाट उम्मेदवारसमेत उठाएको थियो। माओवादी केन्द्रको चुनाव चिन्हमा निर्वाचन लडेका यादव हाल खानेपानी मन्त्री छन्।

    प्रचण्डले यादवलाई जसरी पनि माओवादीमा ल्याउन चाहेका छन् । प्रचण्डले बाबुरामलाई भित्र्याउन चाहेको देखिएको छैन । केहीअघिसम्म प्रचण्डले बाबुरामलाई पार्टीमा उपयुक्त जिम्मेवारी दिने मनस्थिति बनाएका थिए ।

    तर अहिले उनको ध्यान नेत्रविक्रम चन्द विप्लवतिर केन्द्रित भएको छ । विप्लवको नेकपालाई विलय गर्न पाए निर्वाचनमा शक्ति पुनः आर्जन गर्ने रणनीतिमा उनी लागेको देखिन्छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend