काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले हमासको आक्रमणपछि इजरायलको बंकरमा रहेका नेपाली विद्यार्थीहरुसँग भिडिओ कुराकानी गरेका छन् ।
सोमबार प्रधानमन्त्री दाहालले इजरायलको बंकरमा रहेका ९ जना विद्यार्थीहरु मध्ये विपिन सुवेदीसँग भिडिओ कुराकानीगरेका हुन्।
प्रधानमन्त्री उनीहरूलाई उद्धार गर्ने तयारीमा रहेको रहेको भन्दै यथाशीघ्र उद्धार गरिने बताएको प्रधानमन्त्री दाहालको सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री दाहालले उद्धारको विषयमा छलफल गर्न आज मन्त्रिपरिषद् परिषद वैठक र त्यसलगत्तै सर्वदलीय बैठक बोलाइएको जानकारी पनि विद्यार्थीहरुलाई गराएका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।