बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

इन्धनको मूल्य पहिलेकै कायम हुने, प्रधानमन्त्रीले दिए निर्देशन

इन्धनको मूल्य पहिलेकै कायम हुने, प्रधानमन्त्रीले दिए निर्देशन

  • मिडिया डबली
  • आइतवार, आश्विन १४ २०८०

  • 3.2K
    SHARES

  • इन्धनको मूल्य पहिलेकै कायम हुने, प्रधानमन्त्रीले दिए निर्देशन

    काठमाडौं - पेट्रोलियम पदार्थको मूल्य पहिलेकै कायम हुने भएको छ ।

    प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पेट्रोलियम पदार्थको बढेको मूल्य फिर्ता लिन निर्देशन दिएपछि केही समयमै नेपाल आयल निगम सञ्चालक समितिको बैठक बसेर पुरानो मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थको कारोबार गर्ने भएको छ ।

    आयल निगमका पदाधिकारीहरुसँग असन्तुष्टि जनाउँदै प्रधानमन्त्री प्रचण्डले पुरानो मूल्यसूची कायम गर्न निर्देशन दिएका हुन्। पुरानो मुल्यसुची कायम गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गर्न पनि निर्देशन दिएको सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री रेखा शर्माले बताइन् ।

    आइतबारको सातदलीय बैठकमा प्रचण्डले यसबारे जानकारी गराएका थिए । चाडपर्वका बेला इन्धनको मूल्यवृद्धि भएपछि जनता आक्रोशित बनेका थिए । ‘सम्माननीय प्रधानमन्त्रीज्यूले नेपाल आयल निगमका पदाधिकारीहरुलाई बोलाई पेट्रोलियम पदार्थको बढेको मुल्य फिर्ता लिएर पुरानो मूल्यसूची कायम गर्न निर्देशन गर्नुभएको छ।

    त्यसो गर्दा स्वचालित मूल्य प्रणालीमा पर्ने प्रभावलाई अनुदानको रूपमा व्यवस्थापन गर्न पनि निर्देशन गर्नु भएको छ। अब केही समयमै नेपाल आयल निगम सञ्चालक समितिको बैठक बसी पुरानो मूल्य प्रणालीअनुसार पेट्रोलियम पदार्थ (एलपीजीसमेत) समेतको कारोबार गर्ने व्यहोरासमेत जानकारी गराउँदछौं,’ प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव रमेश मल्लले जारी गरेको प्रेस नोटमा उल्लेख छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend