बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्रचण्डको चीन भ्रमणको उपलब्धि कैलाश मानसरोवर यात्रा

प्रचण्डको चीन भ्रमणको उपलब्धि कैलाश मानसरोवर यात्रा

  • मिडिया डबली
  • बुधवार, आश्विन १० २०८०

  • 3.7K
    SHARES

  • प्रचण्डको चीन भ्रमणको उपलब्धि कैलाश मानसरोवर यात्रा

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यतिबेला चीन भ्रमणमा छन् ।

    उनी बुधबार बिहान बेइजिङबाट चोङछिङ नगर पुगेका छन् । कृषिको व्यवसायीकरण र औद्योगीकरणबारे जानकारी लिएका प्रधानमन्त्री प्रचण्डले त्यहाँको खेत र कृषिको समेत प्रत्यक्ष अवलोकन गरेको बताइएको छ ।

    प्रचण्ड बिहीबार ल्हासा जाने र पर्सि कैलाश पर्वत घुमेर शनिबार छन्तु हुँदै स्वदेश फर्कने कार्यक्रम छ । यसपटक चीनले महत्व नदिएपछि प्रचण्डको भ्रमणको उपलब्धि कैलाश मानसरोवर यात्रा मात्र हुने भएको छ ।

    बेइजिङमा प्रचण्ड र चीनका प्रधानमन्त्री ली छयाङबीचको द्विपक्षीय वार्तापछि मंगलबार बिहान संयुक्त विज्ञप्ति जारी गरिएको थियो । नेपाल र चीनबीच १३ बुँदे सम्झौता र समझदारी भएको छ ।

    विज्ञप्तिमा कृषि,पर्यटन, सूचना तथा प्रविधि, शिक्षा,जनशक्तिको क्षमता विकास, कनेक्टिभिटी,डिजिटल अर्थतन्त्रको विकासलगायत शीर्षकमा सम्झौता भएको उल्लेख छ ।

    तर, यसअघि नै स्वीकार गरिएको बिआरआई कार्यान्वयन, दुई मुलुकबीच ४०० केभीको अन्तरदेशीय प्रसारण लाइन निर्माण एवं जलविद्युत परियोजनामा लगानीसम्बन्धी विषयमा आठ पृष्ठको संयुक्त विज्ञप्तिमा कतै केही उल्लेख छैन ।

    प्रचण्ड चीन जाँदा खाली हात गएका थिए । खाली हात लिएरै फर्किएका छन् । ठूलै आश लिएर बेइजिङ पुगेका प्रचण्डलाई चीनको व्यवहारले अप्ठेरो पारेको छ ।

    कहिले भारत त कहिले अमेरिकातिर ढल्किने स्वभावका कारण पनि प्रचण्डलाई चीनले त्यति धेरै विश्वास नगरेको विश्लेषण हुन थालेको छ ।

    चार वर्षअघि चिनियाँ राष्ट्रपति सि जिनपिङको भ्रमणको क्रममा भएका कतिपय महत्वपूर्ण सम्झौता र समझदारी हालसम्म पनि नेपालको तर्फबाट कार्यान्वयन नहुनुले चिनियाँ अधिकारीहरुलाई झस्काइदिएको हुनसक्ने कूटनीतिज्ञहरूको आकलन छ ।

    सम्झौता र समझदारी गर्ने, तर कार्यान्वयन नहुने अवस्थाले नेपालको कूटनीतिक क्षमतालाई भुत्ते बनाउँदै लगेकाले पनि यसपटकको भ्रमणमा कुनै महत्वपूर्ण सम्झौता नभएको बताउन थालिएको छ ।

    सरकार प्रमुखले संवेदनशील छिमेकी मुलुकको भ्रमण गर्दा अपनाउनुपर्ने सावधानी प्रचण्डले प्रारम्भमै तोडेको चीनले मूल्यांकन गरेको छ ।

    महाशक्ति राष्ट्रहरुको भ्रमणको क्रममा गम्भीर कूटनीतिक नियमको पालना गर्नुपर्नेमा यसपटक प्रचण्डले त्यसको पालना गरेनन् । उनी नेपालबाट नभई अमेरिकाको न्युयोर्कबाट सिधै चीन पुगेका थिए । अमेरिका र चीन त्यति राम्रो सम्बन्ध छैन । यो कुरा प्रचण्डले बुझ्न सकेनन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend