बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

कांग्रेस महामन्त्री गगन थापाले भने– शिक्षा विधेयकमा सुधार गर्छौ, विद्यालय बन्द नगरौं

कांग्रेस महामन्त्री गगन थापाले भने– शिक्षा विधेयकमा सुधार गर्छौ, विद्यालय बन्द नगरौं

  • मिडिया डबली
  • बिहिवार, आश्विन ४ २०८०

  • 3.0K
    SHARES

  • कांग्रेस महामन्त्री गगन थापाले भने– शिक्षा विधेयकमा सुधार गर्छौ, विद्यालय बन्द नगरौं

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सामुदायिक विद्यालयका शिक्षकहरूलाई विद्यालय बन्द नगर्न अनुरोध गरेका छन्।

    बिहीबार सामाजिक सञ्जालमार्फत उनले शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक रहेको र त्यसका लागि आफूहरूले काम गर्ने प्रतिबद्धता जनाएका छन् ।

    शिक्षा विधेयक संसदमा दर्ता भइसकेकाले त्यसमाथि छलफल गर्ने र संशोधन गर्ने जिम्मा आफूहरूको भएको पनि उनले बताएका छन् । शिक्षकहरूले राखेका मागलाई सम्बोधन गर्ने विषयमा पनि आफूहरू प्रतिबद्ध रहेको उनले स्पष्ट पारेका छन् ।

    ‘विद्यालय शिक्षा विधेयकमा थुप्रै सुधार आवश्यक छ, संसदमा हामी यसलाई सच्याउने नै छौँ, विद्यालय बन्द नगरौं,’ उनले भनेका छन्, ‘विद्यालय शिक्षासम्बन्धी विधेयकमा अनेकन् कमजोरीहरू छन्, ती सुधार गर्नै पर्नेछ। संसदमा दर्ता भइसकेपछि अब यो विधायिकाको कर्तव्य र जिम्मेवारी हो । हामी सबैसँग घनिभूत छलफल र संवाद गर्नेछौं। आन्दोलनरत शिक्षक, स्थानीय सरकार लगायत सरोकारवाला र चिन्तित अभिभावक एवं विद्यार्थी सबैका जायज माग र चिन्ताको सम्बोधन गर्ने कुरामा प्रतिबद्ध छौं।’

    उनले आन्दोलनको स्वरूप परिवर्तन गर्न पनि आग्रह गरेका छन् । ‘सांसदको भूमिका एवं विवेकमाथि विश्वास गरेर रचनात्मक ढंगले समाधानको खोजीका लागि मद्दत गर्न र विद्यालय बन्द गर्ने अप्रिय बाटो अवलम्बन नगरी आन्दोलनको स्वरूप परिवर्तन गर्न शिक्षक महासंघ लगायत सबै पक्षमा हार्दिक आग्रह गर्दछु,’ उनले भने।

    शिक्षा विधेयक सच्याउन माग गर्दै शिक्षक महासंघलगायत संस्थाहरूले बुधबारदेखि काठमाडौं केन्द्रित आन्दोलनको घोषणा गरेका छन्।

    सामुदायिक विद्यालय बन्द गरेर ७० हजार शिक्षक काठमाडौं आएका छन् । जसकारण ७० लाख विद्यार्थीको पठनपाठन अवरुद्ध बनेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend