बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

दशैंलगत्तै नयाँ सरकार गठनको तयारी, प्रचण्डको विकल्प को ?

दशैंलगत्तै नयाँ सरकार गठनको तयारी, प्रचण्डको विकल्प को ?

  • मिडिया डबली
  • बुधवार, आश्विन ३ २०८०

  • 7.4K
    SHARES

  • दशैंलगत्तै नयाँ सरकार गठनको तयारी, प्रचण्डको विकल्प को ?

    काठमाडौं - माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकार लामो समय नटिक्ने देखिएको छ । वर्तमान सत्ता गठबन्धनमै तीव्र असन्तुष्टि देखिएकाले यो सरकार दशैंलगत्तै विस्थापित गर्ने गरी राजनीतिक घटनाक्रम अघि बढेको छ ।

    त्यसका लागि प्रमुख प्रतिपक्षी दल एमाले सक्रिय भएर लागेको छ । माओवादीमै पनि दोस्रो तहका नेताहरू नयाँ समीकरण बनाउन जुटेका छन् ।

    स्रोतका अनुसार एमाले र माओवादीको दोस्रो तहका नेता फेरि वाम गठबन्धन बनाउने अभियानमा लागेका छन् । त्यसका लागि एकीकृत समाजवादीलाई चोइट्याउने गरी नेताहरू अघि बढेका छन् ।

    माधवकुमार नेपाललाई एक्ल्याउने गरी एमाले अध्यक्ष केपी ओलीले झलनाथ खनाललाई नयाँ शिखण्डी बनाउने तयारी अन्तिम चरणमा पुगेको छ ।

    नेताहरुका अनुसार ओलीले खनाललाई एमाले प्रवेश गराउने गरी छलफल अघि बढाएका छन् । आगामी ६ महिनाभित्र इलाम २ मा हुने उपचुनावमा खनाललाई जिताउने आश्वासन दिएको बताइन्छ ।

    सोही कारण अहिले खनालले एकीकृत समाजवादीमा बबण्डर मच्चाउन थालिसकेका छन् । उनले अध्यक्ष माधव नेपालले गरेका हरेक निर्णयमा आपत्ति जनाउँदै नमान्ने घोषणा गरिसकेका छन् । इलाम २ बाट निर्वाचित एमालेका सुवासचन्द्र नेम्वाङको निधन भएपछि सो क्षेत्र रिक्त भएको छ ।

    निर्वाचन आउन अझै तीन वर्ष बाँकी रहेकाले वाम गठबन्धन बनाएर पूरै अवधि सरकार चलाउन सकिने भन्दै माओवादी नेताहरूले एमालेलाई कन्भिन्स गराउन खोजिरहेका छन् ।

    तर एमाले भने सरकारको नेतृत्व आफैंले पाएमा मात्रै गठबन्धन बनाउन सकिने मनस्थितिमा देखिएको छ । प्रधानमन्त्री प्रचण्ड अहिले अमेरिका भ्रमणमा छन् । उनी न्युयोर्कबाटै चीन जाँदैछन् । असोज १३ गते नेपाल फर्केलगत्तै एमालेसँग नयाँ समीकरणको विषयमा फाइनल वार्ता गर्ने प्रचण्डको तयारी छ । 

    एमालेको गठबन्धन छाडेर कांग्रेससँग समीकरण बनाएपछि प्रचण्डले संसदमा सम्बोधन गर्दै भनेका थिए– ‘मैले केपी ओलीलाई दुईपटक प्रधानमन्त्री बनाएँ । उहाँले मलाई एकपटक प्रधानमन्त्री बनाउनुभयो । अझै एकपटक उहाँले मलाई गुण लगाउन बाँकी छ ।’

    प्रचण्डले पहिले नै कांग्रेससँग समीकरण टुटाएर फेरि एमालेको फेर समाउने र प्रधानमन्त्रीको कुर्सीमा टिकिरहने रणनीति अख्तियार गरेको बुझ्न सकिन्छ ।

    स्वदेश फर्केलगत्तै चीनले कम्युनिस्ट एकता देख्न खोजेको भन्दै प्रचण्डले एमालेलाई वाम गठबन्धनका लागि मनाउन वार्ता गर्ने बुझिएको छ । त्यसका लागि उनले माधव नेपाललाई पनि सँगै लिएर अघि बढ्ने सोच बनाएको स्रोतले बतायो ।

    यता, नेपाली कांग्रेसको संस्थापन इतर समूह पनि वर्तमान सरकारसँग असन्तुष्ट देखिएको छ । मंगलबार डा. शेखर कोइरालाले आफ्नो समूहको भेला डाकेर संस्थापन पक्षलाई नैतिक रूपमा कमजोर बनाउने रणनीति सुरु गरेका छन् ।  

    भेलामा उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री बद्री पाण्डे र जीवन परियार नेताहरू बडू, दीपक गिरी, चन्द्र भण्डारी, सञ्जय गौतम, डा पोखरेल, प्रतिमा गौतम, सरिता प्रसाईं, गण्डकी प्रदेशका पूर्वमुख्यमन्त्री कृष्णप्रसाद नेपालीलगायत सहभागी थिए । कांग्रेसले आगामी मंसिर ११, १२ र १३ गते महासमिति बैठक गर्ने निर्णय गरेको छ ।

    महासमिति बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई कमजोर बनाउने गरी अहिलेदेखि नै इतर समूहले तयारी थालेको छ ।

    सोही कारण शेखर–गगन समूह वर्तमान सरकारप्रति आक्रोशित देखिएको छ । सरकारले काम गर्न नसकेको भन्दै विकल्प खोजी गर्न पार्टी नेतृत्वसँग छलफल गर्ने निर्णय भएको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend