बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

खाली हात चीन जाँदै प्रचण्ड, देशकै अपमान हुने चिन्ता

खाली हात चीन जाँदै प्रचण्ड, देशकै अपमान हुने चिन्ता

  • मिडिया डबली
  • आइतवार, भाद्र ३१ २०८०

  • 2.9K
    SHARES

  • खाली हात चीन जाँदै प्रचण्ड, देशकै अपमान हुने चिन्ता

    काठमाडौं -प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड शनिबार अमेरिकाको न्युयोर्क प्रस्थान गरेका छन्। संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुन उनी त्यसतर्फ प्रस्थान गरेका हुन्।

    उनी अमेरिकामा असोज ५ गतेसम्म रहनेछन् । उनी असोज ५ गते त्यतैबाट चीनतर्फ प्रस्थान गर्नेछन् । उनी चीनमा आठ दिनसम्म रहनेछन् ।

    उनले दुई दिन आकाशमै समय बिताउनेछन् । अमेरिकाभन्दा बढी महत्व प्रचण्डले चीनलाई दिएका छन् । सोही कारण उनी आठ दिनसम्म चीनमा रहनेछन् । तर चीन भ्रमणमा जाने एजेन्डा उनले केही पनि बनाएका छैनन् ।

    राष्ट्रसंघमा उठाउने एजेन्डा उनले दुईवटा बनाएका छन् । चीन जाँदा भने शून्य एजेन्डा छ । भ्रमणको कुनै एजेन्डा तयार पार्न नसकेको भन्दै उनको आलोचना भएको छ । प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङसँग असोज ६ गते भेट्ने भएका छन् ।

    संयुक्त राष्ट्रसंघको महासभामा भाग लिएर असोज ५ गते अमेरिकाबाट सिधै चीन जान लागेका उनले ६ गते चीनका राष्ट्रपति सीसँग भेट्ने र सोही दिन हुने एसियन खेलकुदको उद्घाटन समारोहमा सहभागी हुने कार्यक्रम तय भएको हो ।

    प्रतिनिधिसभाको शुक्रबारको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ‘प्रचण्डले चीनका प्रधानमन्त्री लि छ्याङलाई भने बेइजिङमा भेट्ने बताए ।

    ‘चीनका राष्ट्रपति सी चिनफिङसँग मैले हाङ्जाओमा भेट्ने छु, सोही दिन म एसियन गेमको उद्घाटनमा सहभागी हुनेछ,’ प्रधानमन्त्री प्रचण्डले भने, ‘चिनियाँ समकक्षी लि छ्याङसँग असोज ८ गते बेइजिङमा भेट हुनेछ ।’

    प्रचण्डको अमेरिका प्रस्थान गर्ने र चीनबाट नेपाल फर्कने बेलाको अन्तिम तयारी भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन प्राधिकरण कार्यालय गौचरको मिटिङ हलमा बसेको बैठकले सम्पूर्ण सुरक्षाको समीक्षा गरेको छ ।

    शनिबार बेलुकी ६ः४० देखि सवा ६ बजेसम्म काठमाडौं विमानस्थलबाट हुने सम्पूर्ण उडान र अवतरण रोकाइएको थियो।

    उनी चीनको औपचारिक भ्रमणपछि फर्कने असोज १३ गते बिहान १०ः५५ देखि साढे ११ बजेसम्म पनि काठमाडौंको आकाशमा उडान निषेधित गरिनेछ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend