बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

प्रधानमन्त्रीसँग अमेरिका जान ठिक्क परेकाको नाम काटिएपछि रुवावासी

प्रधानमन्त्रीसँग अमेरिका जान ठिक्क परेकाको नाम काटिएपछि रुवावासी

  • मिडिया डबली
  • सोमवार, भाद्र २५ २०८०

  • 4.7K
    SHARES

  • प्रधानमन्त्रीसँग अमेरिका जान ठिक्क परेकाको नाम काटिएपछि रुवावासी

    काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको अमेरिका र चीन भ्रमणको भ्रमण टोली सानो आकारको बनाएका छन् ।

    सुरुमा २७ जनासम्म भ्रमण टोलीमा समावेश गर्ने गरी प्रधानमन्त्रीको निजी सचिवालयले तयारी गरेको थियो । परराष्ट्र मन्त्रालयले भने २४ सदस्यीय टोली अमेरिका जाने गरी तय गरेको थियो ।

    टोलीमा प्रधानमन्त्रीको निजी सचिवालयबाट मात्रै १० जना जान ठिक्क परेका थिए । प्रधानमन्त्रीका मुख्य सल्लाहकार हरिबोल गजुरेल, स्वकीय सचिवहरू गंगा दाहाल, रमेश मल्ल, प्रेस सल्लाहकार गोविन्द आचार्य, निजी फोटोग्राफर प्रदीपराज वन्त, निजी भिडिओग्राफर नवराज दाहाल, निजी डाक्टर युवराज शर्मा र तीनजना सुरक्षाकर्मी, मुख्यसचिव बैकुण्ठ अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार शंकरदास बैरागी पनि भ्रमण टोलीमा जाने भनिएको थियो ।

    अमेरिका जाने भनेर निर्णय भएका मुख्यसचिव अर्याल र राष्ट्रिय सुरक्षा सल्लाहकार बैरागीको नामसहित प्रधानमन्त्री कार्यालयका केही सहसचिव र उपसचिवको नाम पनि भ्रमण टोलीको सदस्यबाट कटौतीमा परेको छ।

    प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार हरिबोल गजुरेल पनि हटाइएको छ। परराष्ट्रमन्त्री एनपी साउद, उनका स्वकीय सचिव दीपक जोशी, परराष्ट्र सचिव भरतराज पौड्याल, सहसचिव सेवा लम्साललगायत प्रतिनिधि भ्रमण दलमा रहने बताइएको थियो ।

    अब प्रधानमन्त्रीले सानो टिम बनाउन गरेको आग्रहका आधारमा यी मध्ये कति पर्छन् भन्ने टुंगो लागेको छैन । अब प्रधानमन्त्री प्रचण्ड, प्रधानमन्त्रीका छोरी गंगा दाहाल, सुरक्षा स्टाफ (पिएसओ), परराष्ट्रमन्त्री, परराष्ट्र सचिव र प्रधानमन्त्रीका फोटो पत्रकारलाई मात्र समेटेर भ्रमण टोली बनाइएको छ ।

    प्रधानमन्त्री प्रचण्डसँग अमेरिका र चीन जाने भनेर फुर्ती लगाउने निजी सचिवालयका सदस्यहरूमध्ये धेरैको नाम काटिएपछि रुवावासी चलेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend