काठमाडौं - समाजवादी मोर्चाले सोमबार विराटनगरमा आयोजना गर्ने सन्देश सभा कार्यक्रमको ब्यानरमा कोशी प्रदेशको नाम नै गायब भएको छ ।
मोर्चाभित्रै विवाद भएपछि कोशी नामै नलेखी विराटनगरमा सन्देश सभा हुने भएको छ । जसपा, एकीकृत समाजवादी, माओवादीभित्रै कोशी लेख्ने नलेख्ने विषयमा विवाद बढेपछि ब्यानरमा कोशी प्रदेशको नाम नै उल्लेख नगरी सभा सञ्चालन गर्ने तयारी भएको छ ।
सन्देश सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जसपा अध्यक्ष उपेन्द्र यादवलगायत नेताहरूले भाषण गर्दैछन् ।
विराटनगरस्थित मनास्लु होटलमा आयोजित हुने कुनै पर्चामा कोशी प्रदेश उल्लेख गरिएको छैन । प्रधानमन्त्रीसहित शीर्ष दलका नेताहरु नै सहभागी हुने कार्यक्रममा यस्तो कसरी हुन्छ ? के कोशी प्रदेशलाई नसमेट्न प्रधानमन्त्रीले नै निर्देशन दिएका हुन् त ? भन्ने प्रश्न उब्जेको छ ।
मोर्चाले यसअघि अरू प्रदेशमा गरिएको कार्यक्रममा प्रदेशको नाम राखिएको थियो । गएको फागुन १७ गते प्रदेशको नामकरण हुँदा मोर्चामा रहेको माओवादीले कोशीको पक्षमा मतदान गरेको थियो ।
तर अहिले माओवादीले कोशी प्रदेशको नाम उल्लेख गर्न चाहेको छैन । माओवादीकै ब्याक फोर्समा कोशी प्रदेशमा पहिचानवादीहरूले आन्दोलन गरिरहेका छन् ।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।