बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

माओवादी जनयुद्धका घाइतेले प्रचण्डलाई दिए संयुक्त आत्मदाहको चेतावनी

माओवादी जनयुद्धका घाइतेले प्रचण्डलाई दिए संयुक्त आत्मदाहको चेतावनी

  • मिडिया डबली
  • आइतवार, भाद्र २४ २०८०

  • 2.9K
    SHARES

  • माओवादी जनयुद्धका घाइतेले प्रचण्डलाई दिए संयुक्त आत्मदाहको चेतावनी

    काठमाडौं - जनयुद्ध, जनआन्दोलन तथा अपांग संघर्ष समितिका पीडितहरूले घाइते तथा अपांगता भएका व्यक्तिहरूको उचित व्यवस्थापन गर्न सरकारसमक्ष माग गरेका छन् ।

    उनीहरूले जनयुद्धका घाइते, अपांगता भएकाहरू तड्पिएर बाँच्न बाध्य रहेको भन्दै उचित व्यवस्थापनका लागि सरकारलाई आग्रह गरेका हुन् । नेताहरूलाई जंगलदेखि महलसम्म पुर्याउन बारुद र छर्रा शरीरमा बोकी जनयुद्ध लडेका घाइते, अपांगता भएकाले औषधोपचारका लागि व्यक्तिगत सम्पत्ति बेचेर पनि नपुग्ने अवस्था रहेको उनीहरूले गुनासो गरेका छन् ।

    जनयुद्धका घाइते, अपांगता भएकाहरू हातमुख जोर्न र औषधोपचार गर्न नसक्दा आत्महत्या गर्ने परिस्थितिमा रहेको उनीहरूको भनाइ छ ।

    राज्यले काम गरिखान नसक्ने अवस्थामा रहेका जनयुद्धका अपांगता र घाइतेलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्थापन गर्नुपर्ने उनीहरूको माग छ ।

    जनयुद्धका घाइते चेतन सिग्देलले सरकारले आफूहरूलाई गाँस, बास, कपास र औषधोपचारको व्यवस्थापन गर्नुपर्ने बताए । आफूहरूको व्यवस्थापनमा राज्यले नजरअन्दाज गरेकामा संघर्षमा उत्रिने उनले बताए । अहिले माओवादी नेताहरूको राजर्षी जीवनशैली रहेको उनले टिप्पणी गरे ।

    ‘हामी काम गरिखान नसक्ने घाइते कैयौं साथीहरूका लागि राज्यले तुरुन्तै गाँस, बास, कपास र औषधोपचारको व्यवस्था गरोस् । यदि हाम्रो समस्याको बेवास्ता गरियो भने हामीहरू संघर्षमा जानेछौं । पार्टी र नेताको नाममा संयुक्त आत्मदाह पनि गर्नेछौं,’ आइतबार रिपोर्टर्स क्लबमा उनले भने, ‘हाम्रो समस्याको बेवास्ता गरियो भने क्यान्टोनमेन्टभित्रको वास्तविकता पनि बाहिर ल्याउनेछौं ।’

    पूर्वजनमुक्ति सेनाका कमान्डर लाहानु चौधरीले आफूहरूले कसैको पनि दासत्व स्वीकार र चाकडी नगर्दा आज फेरि आवाज उठाउन पर्ने अवस्था आएको बताए । उनले पूर्वजनमुक्ति सेना कुनै पनि नेताको दास बन्न नहुने बताए ।

    प्रधानमन्त्री प्रचण्डले जनुमक्ति सेनालाई तत्कालीन प्रधान सेनापति रुकमांगद कटवालको अगाडि प्यारालाइज गराएको आरोप पनि लगाए । उनले प्रचण्डले संसदीय व्यवस्था स्वीकार गरेर खसीको टाउको देखाएर कुकुरको मासु बेच्ने ठाउँमा आइपुगेको बताए ।

    चौधरीले राज्यसँग जीवनको भिख नभएर मानवअधिकार र बाँच्न पाउने हक माग्न पीडित, घाइते र अपांगता भएकालाई आग्रह गरे ।

    कार्यक्रममा रमेश कालिकोटे, सामाजिक अभियान्ता तारा बराललगायतले जनयुद्धका घाईते, अपांगता भएकाको पक्षमा सरकारले उचित कदम चाल्न आवश्यक रहेको बताए ।

    माओवादी पटक–पटक सरकारमा सहभागी भए पनि जनयुद्ध लड्ने घाइते तथा अपांगता भएका व्यक्तिहरूको बेवस्ता गरी विचल्ली अवस्थामा छाडेको भन्दै उनीहरूले आक्रोश व्यक्त गरे ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend