बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

संसदमा गगनको आक्रोश, कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, काठमाडौंमा एक्लै हिँड्न नहुने हो ?

संसदमा गगनको आक्रोश, कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, काठमाडौंमा एक्लै हिँड्न नहुने हो ?

  • मिडिया डबली
  • बिहिवार, भाद्र २१ २०८०

  • 3.3K
    SHARES

  • संसदमा गगनको आक्रोश, कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ, काठमाडौंमा एक्लै हिँड्न नहुने हो ?

    काठमाडौं - नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पछिल्लो समय देखिएको उदण्डताबारे आक्रोश व्यक्त गरेका छन् ।

    उनले देशमा चरम अराजकता फैलिएको भन्दै अब कसैले एक्लै हिँड्न नहुने हो भन्दै सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

    महामन्त्री थापाले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणका सबै पक्षको छानबिन गर्नं माग गरेका छन्।

    बिहीबार प्रतिनिधिसभा बैठकको सुरुमै आकस्मिक समय लिएर बोलेका थापाले एउटा सन्काहाले सन्केर हान्यो भन्ने भाष्य निर्माण गरी घटनालाई सामसुम पार्ने कोसिस भइरहेको दाबी गरे।

    ‘म गृहमन्त्रीलाई सोध्न चाहान्छु– के हामीले अब काठमाडौंमा एक्लै हिँड्न नमिल्ने भएको हो ? कोही जलाइदिन्छु भन्छ, कोही खुकुरी हान्छ। हामी एक्लै हिँड्न हुने हो कि नहुने हो ?’ उनले भने।

    त्यसैगरी महामन्त्री थापाले ५ वर्षीया एक बालिकाको काठमाडौंको कान्ति बाल अस्पतालमा उपचार नपाएर ज्यान गएको उल्लेख गर्दै सो घटनाको छानबिन गरी तत्काल संसदलाई जानकारी गराउन पनि सरकारलाई सचेत गराएका छन्।

    बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएर निस्कने क्रममा कांग्रेस सहमहामन्त्री यादवमाथि एक व्यक्तिले खुकुरी प्रहार गरेका थिए।

    नुवाकोट घर भएका श्याम सापकोटाले यादवमाथि खुकुरी प्रहार गरेर गम्भीर घाइते बनाएका छन् । सापकोटा राप्रपाका नेता रहेको खुलेको छ । उनी राजतन्त्र समर्थक हुन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, श्रावण १० २०७७०७:३९:३१
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend