काठमाडौं - प्रधानमन्त्री पुष्पकमल दाहालले आसन्न चीन भ्रमणका क्रममा यसअघि भएको सहमति–समझदारी कार्यान्वयनमा जोड दिने बताएका छन्।
मंगलबार प्रतिनिधि सभामा सांसदहरुसँग भएको प्रश्नोत्तर कार्यक्रममा प्रधानमन्त्री दाहालले बताएका हुन्। नेपाली कांग्रेसका सांसद उदयशम्शेर राणाले चीन भ्रमणको एजेण्डाबारे प्रधानमन्त्री दाहालसँग प्रश्न गरेका थिए।
जवाफमा प्रधानमन्त्री दाहालले यसअघि भएका सहमति र सम्झौता कार्यान्वयनमा जोड दिने जानकारी दिएका छन्। नेपालको आर्थिक र व्यापार सम्बधलाई थप सघन बनाउने र नाकालाई सघन बनाउनुका साथै सहयोग विस्तारबारे पनि चिनियाँ पक्षसँग सम्वाद गर्ने दाहालले जानकारी दिएका हुन्।
त्यसैगरी प्रधानमन्त्री आफ्नो दाहालले चीन भ्रमणका क्रममा नयाँ व्यापारिक नाका खोल्ने विषयमा छलफल हुने उल्लेख गरेका छन्।
मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।