बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images
राजनीतिक बिशेष

सरकार ढाल्न विभिन्न षड्यन्त्र जारी छ : प्रधानमन्त्री दाहाल

सरकार ढाल्न विभिन्न षड्यन्त्र जारी छ : प्रधानमन्त्री दाहाल

  • मिडिया डबली
  • मंगलवार, भाद्र १२ २०८०

  • 7.3K
    SHARES

  • सरकार ढाल्न विभिन्न षड्यन्त्र जारी छ : प्रधानमन्त्री दाहाल

    काठमाडौं - प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सरकार ढाल्न विभिन्न खालका षड्यन्त्र भइरहेको बताइएका छन्।

    मंगलवार काठमाडौंमा पार्टीको प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। प्रधानमन्त्री दाहालले गठबन्धन तोड्ने र सरकारलाई ढाल्ने धेरै कसरत भइरहेको तर सफल हुन नसकेको दाबी समेत गराएका छन् ।

    उनले  सरकार ढाल्ने कोसिश गर्नेहरु बिस्तारै जनताको नजरमा गिर्दै गइरहेको उल्लेख गरे। प्रधानमन्त्री दाहालले कुनै ठूलो घटना नभए यो गठबन्धन ५ वर्ष नै चल्ने बताए।

    उनले अहिले अतिवादी विचार र प्रवृत्तिहरु कहीँ धार्मिक, कतै जातिय माध्यमबाट परिवर्तनलाई उल्ट्याउन, माओवादी आन्दोलन कमजोर पार्न उद्धत रहेको दाबी गरेका छन्।

    उनले  उत्पीडित, जाति, वर्ग समुदायको हक अधिकारको निम्ति लडेको माओवादीले मात्रै यी समस्या समाधान गर्नसक्ने दाबी गरेका छन्।

    उनले माओवादीले मात्रै जातिय एकता र सद्भाव कायम राख्नसक्ने जिकिर गरे। प्रधानमन्त्री दाहालले नयाँ क्रान्ति शुरु नगर्ने हो भने देश ठूलो दुर्घटनामा जाने बताए।

    उनले अहिले परिवर्तन उल्टिने खतरा आफूले देखिरहेको जानकारी दिएका छन्। उनले युद्धकालीन बेलाका ३६ वटा मुद्दा आफूबिरुद्ध रहेको र अहिले प्रधानमन्त्री बनेर राम्रो काम गरेपछि दुई वटा मुद्दा थपिएको बताए ।

    प्रधानमन्त्री दाहालले भारत—नेपाल सीमा विवाद सुल्झाउने कुरालाई देशभित्रका राजनीतिक दलहरुले पचाउन नसकेको जानकारी दिएका छन् ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend