बुधवार, आश्विन २१ २०८३Oct 07 2026

Logo
images images

देशमा राजनीतिक तमासा, राष्ट्रपति र प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

देशमा राजनीतिक तमासा, राष्ट्रपति र प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

  • मिडिया डबली
  • सोमवार, भाद्र ४ २०८०

  • 2.3K
    SHARES

  • देशमा राजनीतिक तमासा, राष्ट्रपति र प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक

    काठमाडौं - लगातार संसद् अवरुद्ध भएपछि अहिले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड सक्रिय भएका छन् ।

    राष्ट्रपति पौडेलले संसदमा प्रतिनिधित्व गर्ने राष्ट्रिय दलका शीर्ष नेताहरूलाई मंगलबार बिहान साढे ८ बजे बैठकका लागि शीतल निवासमा बोलाएका छन् ।

    पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार संसदमा जारी गतिरोध अन्त्य गर्नेलगायत विषयमा राष्ट्रपतिले सर्वदलीय बैठक बोलाएका हुन् ।

    संसद्को जारी गत्यावरोध अन्त्यका लागि राष्ट्रपति पौडेलले यसअघि सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिना र प्रमुख प्रतिपक्षी एमाले अध्यक्ष केपी ओली, रास्वपा सभापति रवि लामिछानेसँग छलफल गरेका छन् ।

    प्रधानमन्त्री प्रचण्डले आइतबा राखेको सर्वदलीय बैठक बिना निष्कर्ष टुंगिएपछि सोमबार पनि बस्दैछ । आज अपराह्न ४ बजे सिंहदरबारमा सर्वदलीय बैठक बस्दैछ । आइतबारको बैठकमा एमाले अध्यक्ष केपी ओली उपस्थित भएका थिएनन् ।

    सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठन नभएसम्म संसद् चल्न नदिने एमालेले अडान राख्दै आएको छ । तर संसद् अवरुद्ध भएकै विषयमा राष्ट्रपति र प्रधानमन्त्रीले सर्वदलीय बैठक राख्नुलाई राजनीतिक तमासा देखाएको भन्दै आलोचना हुन थालेको छ ।

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    शनिवार, जेठ १० २०७७०२:५९:११
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    प्रधान सम्पादक

    कृष्ण प्रसाद पहाडी

    सम्पादक

    शोभाकान्त सापकोटा

    फोटो पत्रकार 

    सन्जिव न्यौपाने

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend